गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको प्रहरी कार्यालयको नयाँ भवन शिलान्यास गरीएको छ । जिल्ला प्रहरी कार्यालय भित्र बन्ने ५ भिन्न भवनहरु ८ करोड लागत मा निर्माण हुन लागेको हो ।
०७२ सालको बिनाशकारी भुकम्पले क्षति पुरयाएको भवनलाई जगै देखी निर्माण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । नयाँ बन्न लागेको सुबिधा सम्पन्न भवनको एक कार्यक्रममा बिच गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बिनोदशर्मा घिमिरले शिलन्यास गरेका हुन ।
८ करोड १ लाख ३७ हजार रुपैयाको लागतमा कार्यालय भवन, डिटेन्सन सेल, व्यारेक, मेस, कार्यालय प्रमुखको निवास र हिरासत कक्ष निर्माण हुने छ । भवन निर्माणको जिम्मा रोयल कन्स्ट्रक्सन धनगढीले पाएको छ ।


