गोरखा समाचारदाता
गोरखा – गोरखाबाट काठमाण्डौका लागि रात्रीबस सेवा सञ्चालनमा आएको छ ।
गोरखाको उत्तरी गाउँ सोतीदेखि काठमाण्डौ सम्म आउ जाउ गर्नका लागि पहिलो पटक दरौदी यातायात सेवा प्रालिले रात्री बससेवा शुरु गरेको हो ।
प्रालिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठका अनुसार गोरखाको सोतीबाट साँझ ६ बजे काठमाण्डौका लागि बस छुट्ने छ भने काठमाण्डौबाट लागि साँझ ७ बजे बस छुट्ने व्यबस्था मिलाएका छ ।
गोरखाबाट छुट्ने बसले आरुघाट–ध्याम्पेसाल हुदै गोरखा बजार आएर काठमाण्डौ जाने ब्यवस्था मिलाईएको प्रालिले जानकारी दिएको छ।
साँझ छुटेको बस बिहान दुवै स्थानमा पुग्ने छ । प्रालिले रात्री बसको ७२० रुपैयाँ भाडादर कायम गरेको छ ।




















