गोरखा समाचारदाता
गोरखा – गोरखाको बुढीचौर क्षेत्रमा आज भएको जिप दुर्घटनामा परी ५ जना घाईते भएका छन ।
पालुङटार नगरपालिका–६ को बुढीचौरमाबाट काठमाडौंको लागि छुटेको ग. १ ज ७४९४ नम्बरको जीप कच्ची सडकको ओरालोमा चिप्लिएर दुर्घटना भएको ठाँटीपोखरी प्रहरी जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा बर्दियाको ठाकुरबाबा गाउँपालिकाका जयाराम थारु, रामबहादुर थारु, रमेश थारु र पालुङटार नगरपालिका–६ का विकास रोका, सरस्वती मल्ल, , रहेका छन ।


