गोरखा समाचारदाता
गोरखा – गोरखा जेसिज गोरखाको बर्ष २०२० का लागि सुवास मल्ल निविरोध अध्यक्षमा चयन भएको छ । सदरमुकाममा भएको जेसिजको ३९ औं अधिवेशनले अध्यक्षमा मल्ललाई सर्व सम्मत चयन गरेको हो ।
अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिएका थिए । अजित रवण खनाल, सुवास मल्ल, शैलेन्द्र भट्ट, बाल प्रसाद विके र प्रविन बस्नेत समेतको उम्मेदवारी परेको भएता पनि सहमतीमा मल्ललाई अध्यक्षमा चयन गरीएको गोरखा जेसिजले जानकारी दिएको हो ।
अध्यक्ष पदलका लागि उम्मेदवारी दिएका भट्ट र विकेले अजित रमण खनाललाई र बस्नेतले मल्ललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । समय सिमा भित्र अध्यक्ष चयन गर्न नसके पछि निर्वाचन मण्डलले उत्त दिन निर्वाचन स्थगितगरी सोमबारको लागि तय गरेको थियो ।
अध्यक्ष पदका लागि खनाल र मल्लबिच सहमती जुटन नसके पछि सोमबार बिहान ७ः३० बजेका लागि बोलाईएको समयमा खनाल उपस्थित नभएको भन्दै मल्ललाई निर्वाचन मण्डलले सर्व सम्मत चयन भएको घोषणा गरेको थियो ।
दुवै उम्मेदवारलाई बिहान ८ः३० बजेसम्म उपस्थित हुनका लागि समयसिमा तोकिएपनि खनाल उपस्थित अनुपस्थित भएका कारण मल्ललाई अध्यक्षमा चयन गरिएको निर्वाचन अधिकृत उमेश गुरुङले बताए ।
त्यस्तै कार्यकारी उपाध्यक्षमा मिलनसिं बस्नेत र सन्तोष दवाडी, सुरेश गुरुङ, राजेश श्रेष्ठ, सुमन गुरुङ र सजना श्रेष्ठ चयन भएका छन । समितिको सहसचिवमा अर्जुन रसाइली चयन भएको निर्वाचन अधिकृत गुरुङ्गले बताए । समितिका अन्य पदाधिकारीहरु भने कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने छ ।
यता अध्यक्ष चयन भएका मल्लले यस बर्ष जिल्ला शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका छन् ।


