गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका क्षेत्रमा बसोबास गर्ने क्रिश्चियन समुदायले क्रिसमसका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
गोरखाली क्रिश्चियन समाज गोरखा नगर समितिको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजका नगर अध्यक्ष मदन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इसाई महासंघका केन्द्रिय उपाध्यक्ष अन्न पेन्न, गोर्खाली क्रिश्चियन समाजका अध्यक्ष यम बहादुर तामाङ, इसाई समाज तनहुँका पूर्वअध्यक्ष प्रेम तामाङ, समाजका पालुङटार अध्यक्ष सोल्फिस तामाङ, सिरानचोक अध्यक्ष सुनिल धिताल, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले बोलेका थिए ।
गोरखा नगरपालिका ६ स्थित रानीपोखरी परिसरमा भएको कार्यक्रम अघि इसाई समुदायको रयालीले बजार क्षेत्र परिक्रमा गरेको समाजका नगर कोषाध्यक्ष मसलीमाया थोकरले जानकारी दिइन ।




















