गोरखा समाचारदाता
गोरखा – अनौपचारीक क्षेत्र सेवा केन्द (इन्सेक) गोरखाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गोरखा बजारमा गरेको समिक्षा कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागी संकलित घटनाहरुकाबारे समिक्षा गरेको हो ।
कार्यक्रममा जिल्लामा अघिल्लो बर्षको तुलनामा यो बर्ष यौन दुब्र्यवहारका घटनामा कमि नआउन नसकेको भन्दै चिन्ता ब्यक्त गरीएको थियो । सहभागीहरुले यस्ता घटना न्यूनिकरणका लागी ग्रामिण क्षेत्रमा चेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको गिरफ्तारको घटना यस बर्ष वढेको प्रतिवेदनमा समावेश गरीएको छ ।
कार्यक्रममा मानअधिकार सञ्जालका संयोजक यदु अधिकारी, नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, अधिकारकर्मी ऋषि खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, अधिकारकर्मी यादव शर्मा, सावित्रि भट्ट, सिताराम तिवारी, पत्रकार भिमलाल श्रेष्ठ लगायतले घटना बढ्नु चिन्ताजनक बिषय भएको तर्क गरेका थिए ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा नागरिक तथा राजनितिक अधिकार अन्तर्गत राज्य पक्षबाट गिरफतर घटना १०, गैरराज्य पक्षबाट शिक्षकमाथि दुब्र्यवहार घटनाका २, बालिका माथि वलत्कार वलात्कार प्रयास र यौन दुब्र्यवहारका ११, महिला माथि भएको वलात्कार प्रयासका ९, वहुविवाहका १३, हत्याका ३, वाल मजदुर उद्घारको १ गरी ४९ घटना अभिलेखिकरण भएको इन्सेक गोरखाका हरीराम उप्रेतीले जानकारी गराएको थियो ।


