×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गण्डकीमा १४ सय २२ घरमा धारा

  •  
  • बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गण्डकी गाउँपालिकामा १ हजार ४२२ घरधुरीमा एक घर एक धारा जडान भएको छ । ४६ वटा खानेपानी आयोजना निर्माण तथा मर्मत भएसँगै उपभोक्ताको घरघरमा पानी पुगेको हो । ‘एक ग्रागी पानी लिनको लागि गाउँलेहरुसँग दिनहुँ बाझ्नु पर्थो’ स्थानीय आइतीमायाँ परियारले भनिन् ‘अहिले त आँगनमै धारा आएको छ, बढी भएको पानीले सागपात लगाउन पनि पाइएको छ ।’

    गण्डकी गाउँपालिका, गोरेटो गोरखा र रैली इन्टरनेशलको साझेदारीमा सञ्चालित इन्स्याक परियोजनाको सहयोगमा ती खानेपानी आयोजनाहरु निर्माण गरिएको हो । स्थानीयको माग र आवश्यकताको आधारमा गाउँपालिका र वडाहरुसँग समन्वय गरी आयोजनाहरु निर्माण गरिएको गोरेटो गोरखाले जनाएको छ ।

    ‘विभिन्न कार्यक्रम लिएर हामी सन् २०१६ बाट गण्डकी गाउँपालिकामा गएका थियौं’ गोरेटो गोरखाका कार्यक्रम संयोजक बिनोद पाण्डेले भने ‘स्थानीयको माग र चाहना अनुसार हामीलाई प्राप्त स्रोत साधनको उपयोग गरी खानेपानी तथा सरसफाई र जिबिकोपार्जनका क्षेत्रमा गरिरहेका छौं ।’ नेपाल सकारको एक घर एक धारा कार्यक्रम अन्र्तगत गाउँपालिका योजना भित्र रहेर परियोजना सञ्चालन गरिएको उनले बताए ।

    उक्त गाउँपालिकाको घ्याल्चोक, दबुङ्र्ग, फुजेल र ताङ्चिोकमा इन्स्याक परियोजना सञ्चालन गरिएको छ । त्यहाँ निर्माण भएका ४६ खानेपानी आयोजनाको रेखदेखका लागि ९२ जना मर्मत संभार कार्यकर्ता तयार पारिएको छ ।

    व्यवसायीक तरकारी खेति गर्न चाहने कृषकहरुका लागि ३१३ वटा पोलिटनेल निर्माण एवं व्यवसायिक पशुपालन गर्न इच्छुक कृषकहरुको मागका आधारमा ४८ वटा गोठ सुधार गरिएको छ । ‘मैले पहिले देखि नै तरकारी खेति गर्दै आएको थिएँ’ भदौरेका कृषक रमेश अर्यालले भने ‘उहाँले टनेल दिनुभएपछि व्यवसायीक रुपमा गोडभेडा खेतिलाई बिस्तार गरेको छु ।’

    स्थानीय १८ जना व्यापारीलाई उनीहरुको व्यापार प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिएको कार्यक्रम संयोजक पाण्डेले बताए । जिविकोपार्जनबाट त्यहाँका ४३९ घरधुरी प्रत्यक्ष रुपमा लाभाम्वित भएका छन् । मंगलबार उक्त गाउँपालिकाको वडा नम्बर ४ फूजेलको याङ्दी, राङदाङ, दुवाडीस्वाँरा, घुम्ती र भदौरेमा गरिएको जिविकोपार्जन र पौवा, आमडाडाँ दुवाडी स्वाँरामा निर्माण भएका खानेपानी आयोजनाको अनुगमन गरिएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको नेतृत्वमा विषयगत कार्यालय र संचारकर्मीहरुको टोलीले स्थलगत रुपमा अनुगमन गरेको हो । सो अवसरमा पौवामा निर्मित भीमसेनथान खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन समेत गरिएको थियो ।

    गोरेटो गोरखाको २१ लाख ४० हजार २५२, वडा कार्यालयको ४ लाख, विदेशी स्वम्सेवक र स्थानीयको श्रमदान वापत ५ लाख ३७ हजार गरी कुल २१ लाख ७७ हजार २५२ रुपैयाँ लागतमा उक्त आयोजना निर्माण भएको हो । ९० घर र स्थानीय द्धिर्घेश्वर माविमा धारा जडान गरिएको छ । एक कार्यक्रमका वीच जिल्ला समन्वय प्रमुख गुरुङले खानेपानी आयोजना उद्घाटन गरेका हुन् ।

    उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेको अध्यक्षता तथा गुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष होमबहादुर राना, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, वडा अध्यक्ष नरबहादुर पाण्डे, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तुलसिङ गुरुङ, पत्रकार महासघंका अध्यक्ष किशोरजगं थापा, गोरेटो गोरखाका कार्यकारी प्रमुख पवनरमण खनाल द्धिग्र्घेश्वर माविका प्रअ अर्जनबाबु दवाडी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै अधिकाशं वक्ताहरुले आयोजना उचित संरक्षण र रेखदेख गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.