गोरखा समाचारदाता
गोरखा – गोरखाको उत्तर पश्चिममा रहेको साम्दोलाई केही दिन देखी परिरहेको हिउँले ढपक्कै ढाकेको छ ।
कुनै बेला नेपाल र तिब्बतको ब्यापारीक नाका लार्के भन्सार भनेर समेत चिनिने यो गाउँलाई अहिले डेढ फिट सम्मको हिउँले ढाकेको छ ।
हिउँ परे संगै किसान खुशी भएको भएता पनि बालक र बृद्व बृद्वाहरुलाई भने समस्या भएको छ । चिसोका कारण उनीहरु समस्यामा पर्ने भए पनि परिवार समेत चिन्तित छन ।
छिमिके देश चिनको स्वाशासित क्षेत्र तिब्बत र लार्के पास गरी मनाङ्ग जाने बाटोको अन्तिम गाउँ पनि हो साम्दो ।
थोरै जन संख्या र थोरै मात्र घर भएको यो गाउँबाट गोरखा समाचार अनलाईनका लागि साम्दोबाट निमा दोर्जे लामाले पठाएको तस्बिरहरु हेरौं ।








