गोरखा समाचारदाता
गोरखा – गोरखाबाट चितवनमा जन्ती गएका गोरखा सदरमुकामका भरत अंगाईको १३ दिन पछि मृक्त शरिर फेला परेको छ । अंगाईको शव नवलपुर जिल्लाको बिनय त्रिवेणी गाउँपालिकाको नारायणी नदीमा फेला परेको हो ।
गोरखा नगरपालिका ६ को हरमटारी क्षेत्रमा बसोबास गर्दै आएका ४५ बर्षिय भरत अंगाई गएको मंसिर १९ गते छिमेकीको विहेमा चितवनको टाढी गएका थिए ।
नवलपुर प्रहरीले दिएको जानकारी अनुसार बिहान १० बजे बिनय त्रिवेणी गाउँपालिका १ को नारायणी नदी बिचमा पुरुष उनको शव फेला हो । शरिर खानतलासी गर्दा निजको पर्समा स्थाईलेखा नम्बर गोरखा जिल्ला, गोरखा नगरपालिका ६ बस्ने छविलाल अंगाईका छोरा बर्ष ४८ का भरतबावु अंगाई भन्ने वतन खुलेको जानकारी दिएको छ ।
सबै जन्ति संगै दिउसो ३ः३० बजे भोज खाएका अंगाई एक्कासी बेपत्ता भएका थिए । वेपत्ता भएकै राती श्रीमती गिता अंगाईलाई ९८४६३७८५१३ नम्बरको नम्बरबाट फोन गरी आफु चितवनको दासढुङ्गामा रहेको र बेखर्ची भएको जानकारी गराएका थिए ।
अंगाई निर्माण ब्यवसायी संघ गोरखाका कार्यालय सहयोगी हुन । कार्यालय सचिव उमेश अर्यालका अनुसार सधै जिस्की रहने बानी भएका उनी फर्किएला भन्ने लागेको थियो तर दुखद घटना सुन्न परेको बताए । अंगाईको घर परिवारले उत्त कुराको जानकारी पाए लगत्तै रुवाबासी चलेको छ ।
१९ गते राती देखी नै मृत्तक अंगाईले चलाएको मोबाईल स्वीच अफ भएको थियो । उनको खोजीका लागि गोरखा बाट पटक पटक टोली गएको भएता पनि केही पत्ता लागेको थिएन । उनको खोजीको लागी चितवन प्रहरीमा आफन्तले समेत निवेदन दर्ता गराएका थिए ।



