×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विद्यालय बन्द गरेर सहकारीको साधारण सभा

  •  
  • मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गोरखा  – गोरखा नगरपालिका ११ को एक सहकारीले स्थानीय विद्यालय नै बन्द गराएर आफ्नो साधारण सभा सम्पन्न गरेको छ । गत बैशाखमा स्थापना भई असोजमा मात्रै दर्ता भएको तारानगर साना किसान तथा कृषि सहकारी संस्थाले प्रारम्भिक साधारण सभा आयोजना गर्न सोही वडा स्थित तेह्रकिलोमा रहेको चन्द्रज्योती आधारभुत विद्यालय नै बन्द गराएको खुलेको छ ।

    गोरखा नगरपालिकाको शिक्षा शाखा एवं विद्यालय प्रशासनसंग अनुमती नै नलिई सहकारीले स्कुल प्राङगढमा सभा आयोजना गरेको बताइएको छ । ‘कार्यक्रम गर्न स्थलका बारेमा मसंग सहकारीका सदस्यहरुले सल्लाह गर्नुभएको हो तर हामीले अनुमती दिएका होइनौ’ विद्यालयका प्रधानाध्यापक प्रतिशा अधिकारी कुवँरले भनिन् ‘छलफलका क्रममा मैले विद्यालयमा हुदैन अन्तै गर्नुस भनेको, उहाँहरुले जबरजस्ती विद्यालयमै गर्नुभयो ।’

    गोरखा नगरपालिकाले निर्माण गरेको नगर शिक्षा ऐन २०७४ ले विद्यालय खुलेको दिन कुनैपनि संघसंस्थालाई सार्वजानिक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । विदा भएका बेला समेत अनुमती नलिई कार्यक्रम गर्न नपाइने ऐनमा उल्लेख भएपनि सहकारीले त्यसको उल्लंघन गर्दै विद्यालय खुलैकै दिन प्रांगढमा साधारण सभा आयोजना गरेको छ ।

    ‘विद्यालयमा पढाई थिएन, जाँच सकेर बिदा थियो, अन्य ठाउँमा पायक नपरेकाले हामीले विद्यालयमै कार्यक्रम गरेका हौ’ सहकारीकी अध्यक्ष चञ्चला ज्ञवालीले भनिन् । विद्यालयसंग सल्लाह गरेपनि लिखित अनुमती भने नलिइएको स्विकार्दै उनले भनिन् ‘यस बिषयलाई धेरै अतिरञ्जित बनाउनु उपयुक्त होइन ।’

    आइतबार परिक्षा सकेको विद्यालयले सोमबार कापी जाँच गर्नका लागि विद्यार्थीलाई भने विदा दिएको थियो । तर सहकारीको कार्यक्रमले कापी जाँचमा समेत बाधा भएको विद्यालय स्रोतको भनाई छ ।

    ‘सहकारीको कार्यक्रम छ भनेर धेरै सरहरु त स्कुलै आउनु भएन’ एक शिक्षकले भने ‘आएकाले पनि काम गर्न पाएनन्, दिनभरी कार्यक्रम सुनेर फर्कियौ ।’ यता वडाध्यक्ष रामबहादुर खड्का भने यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउछन् । बिरामी भएकाले कार्यक्रममै उपस्थित नभएको उनको भनाई छ ।

    त्यस्तै नगर शिक्षा शाखा भने विद्यालय खुलेको दिन कुनै पनि संस्थाले कार्यक्रम गर्न नपाउने बताउछ । नगरपालिकाले प्रकाशित गरेको शैक्षिक क्यालेण्डरमा समेत सोमबार बिदा नभएको शाखा बताउछ ।

    ‘नगरभरीका स्कुल हामीले निकालेको क्यालेण्डर अनुसार चल्ने हो, सोमबार कुनै विदा छैन’ शाखा प्रमुख बाबुराम बरालले भने ‘विदाको दिन कार्यक्रम गर्न पनि अनिबार्य स्विकृती लिनुपर्छ, खुलेको दिन त कार्यक्रम गर्नै पाइदैन ।’ विद्यालयमा सहकारीले कार्यक्रम आयोजना गरेको बारे हालसम्म आफु अनभिज्ञ रहेको शाखा प्रमुख बरालले बताए । ‘कार्यक्रमका बारे स्कुलले पनि हामीलाई जानकारी गराएको छैन, के भएको हो म बुझ्छु’ उनले भने ।

    झण्डै ६ सय सदस्य रहेको सो कृषि सहकारीले नियम मिच्दै विद्यालयमा गरेको साधारण सभाको उद्घाटन भने गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले गरेका थिए । विद्यालय बन्द गराएर सहकारीले कार्यक्रम आयोजना गरेको छ भन्ने मन्त्री थापालाई कसैले सुइको समेत दिएनन् ।

    यता कार्यक्रममा सहभागी हुन पुगेका गोरखा नगरपालिका प्रमुख राजनराज पन्त भने कार्यक्रम सुरु हुनुअघि नै बाहिरीएका थिए । सहकारीले विद्यालय बन्द गराएर साधारण सभा आयोजना गरेको थाहा पाएपछि प्रमुख अतिथी समेत रहेका मन्त्री थापा आउनुअघि नै पन्त कार्यक्रम स्थलबाट कार्यालय फर्केका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.