गोरखा समाचारदाता
गोरखा – धार्चे गाउँपाकिलाको केन्द्र माछा खोलामा सुरु भएको निशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् ।
सोमबारबाट सुरु भएको शिविरको पहिलो दिन करिब ५ सय जनाको स्वास्थ्य जाँच गरिएको गोरखा अस्पतालका डाक्टर बिनोद दुवाडीले जानकारी दिए ।
गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, धार्चे गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र गोरखा अस्पतालको सयुक्त आयोजनामा शिविर भएको हो । उक्त शिविर सञ्चालनका लागि रेडक्रश, लायन्य लगायत विभिन्न सामाजिक संघसस्थाले सहयोग गरेका छन् ।
मंगलबारसम्म चल्ने शिविरमा स्त्री प्रस्तुती, छाला, नाककान घाँटी, आँखा, दाँत, हाडजोर्नी, भिडियो एक्से, ल्याव, जेनेरेल, औषधी वितरण लगायतको सेवा प्रदान गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । शिविरमा दुर्गम धार्चे र चुमनुब्री उँपालिकाका विभिन्न ठाउँबाट सेवा लिन सर्वसाधरण माछाखोला झरेका छन् ।



