गोरखा समाचारदाता
गोरखा – शिक्षकहरुका लागि शैक्षिक सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा धार्चे गाउँपालिका ७ लापुवेसीमा धार्चे गाउँपालिकाका १४ र आरुघाट गाउँपालिकाका ४ विद्यालयका १८ जना शिक्षकहरुलाई स्थानीय स्तरमा पाइने स्रोत साधनको सदुपयोग गरी शैक्षिक सामाग्री निर्माण गर्न सिकाईको हो ।
धार्चे गाउँपालिकाको साझेदारी, पद्धति बिकास सेवा केन्द्रको आयोजना र गुडनेर्वस इन्टरनेशनलको आर्थिक सहयोगमा भएको तालिममा शिक्षकहरुलाई कम खर्चमा शैक्षिक सामाग्री निर्माण गरी सिकाईलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रमको समापन गर्दै धार्चे गाउँपाकिलाका अध्यक्ष सन्तोष गुरुङले तालिममा सिकेको सिप कक्षा कोठामा प्रर्दशन गरी गुणस्तरण शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।



