गोरखा समाचारदाता
गोरखा – पृथ्वी जयन्तीका दिनमा गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यपालिका बैठकले पौष २७ गते राष्ट्र निर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्मोत्सवका अवसरमा बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।
उत्त दिन गोरखा नगरपालिका र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने गरी निर्णय भएको छ । पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकताको भावना बिकास गराउने उद्वेश्यका साथ बिदा दिईएको हो ।
वर्तमान नेपालको एकिकरण गोरखाबाट भएको सन्देष दिन पनि नगरपालिकाले उत्त दिन बिदा दिने निर्णय गरेको हो । इतिहासको संरक्षण गर्नु नगरपालिकाको पनि दायित्व भएको बिदाको निर्णय गरीएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए ।
इतिहास सम्झिनु पर्छ, इतिहासलाई बिर्सेर अघि बढ्न नसकिने नगर प्रमुख पन्तको तर्क गर्दै स्थानीय सरकार मात्र होइन प्रदेश र केन्द्रले पनि पृथ्वी नारायण शाहको योगदानको कदर गर्ने बताए ।
सोही बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नगरप्रमुख पन्तको संयोजकत्वमा नगर पर्यटन समिति समेत गठन गरेको छ । यसैगरी गोरखा नगरपालिका ४ फिनामको नव निर्मित भीमसेन पार्कमा राखिएको भीमसेन थापाको सालिक समेत पौष ५ गतेका दिन अनावरण गर्ने पनि निर्णय गरेको छ ।
थापाको शालिक नेपाल सरकारका पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराईले गर्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय विभूती भीमसेन थापाले नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनको सम्मानमा नगरपालिकाले पूर्णकदको सालिक निर्माण गरिएको छ ।
२० लाख खर्चेर निर्माण भएको ५ फिट १० इन्च अग्लो थापाको पूर्णकदको सालिक नविन आर्टसले तयार पारेको हो । सालिक स्थापना र संरचना निर्माणका लागि भन्दै लागि २२ लाख ८४ हजार खर्च भएको छ ।



