गोरखा समाचारदाता
गोरखा – सिरानचोक गाउँपालिका–३ निवारे, हर्मीमा चम्पावती माविको आयोजनामा गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा दान दिनेहरुको भीड लागेको छ ।
मंसिर १५ गतेबाट सुरु भएको महायज्ञमा आज बुधबार मात्रै ७ लाख ७ हजार रुपैयाँ दान प्राप्त भएको महायज्ञ मुल समारोह समितिका संयोजक बलबहादुर केसीले जानकारी दिए ।
विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहेका केसीका अनुसार महायज्ञमा बुधबार सम्ममा १४ लाख ५२ हजार २६२ रुपैयाँ सङ्कलन भएको छ । विद्यालयमा विज्ञान संकाय कक्षा ११ र १२ मा सञ्चालन गर्ने तथा भौतिक पूर्वाधार विकास सहयोगार्थ महायज्ञ गरिएको हो ।
उक्त विद्यालयले केहि बर्षअघि पनि यज्ञ लगाएर प्लस टु सञ्चालन गरेको थियो ।




















