गोरखा समाचारदाता
गोरखा – नेपाली काँग्रेस गोरखा जिल्लाका ९ वटा स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला सदरमुकाम बसेको बैठकले उत्तरी गोरखाको चुमनुब्री र धार्चे बाहेक अन्य स्थानीय तहमा आगामी मंसिर २८ गते केन्द्रिय सदस्यको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको काँग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि केन्द्रिय सदस्यहरुको कार्यविभाजन समेत भएको छ । जसअनुसार गोरखा नगरपालिकाका केन्द्रिय सदस्यहरु गुरुराज घिमिरे, पालुङटार नगरपालिकामा सुरेन्द्रराज पाण्डे, सिरानचोक गाउँपालिकामा मिन विश्वकर्मा, बारपाक सुलिकोट गाउँपालिका डा. डिना संगौला, भीमसेन थापा गाउँपालिका चिनकाजी श्रेष्ठ, शहिद लखन गाउँपालिकामा जीवन परियार, गण्डकी गाउँपालिका केन्द्रिय सदस्य धनराज गुरुङ, अजिरकोट गाउँपालिका कल्याण गुरुङ र आरुघाट गाउँपालिकामा शंकर भण्डारीले संबोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस गोरखाले जानकारी दिएको छ ।




















