गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखा धार्चे गाउँपालिकाले पत्रकार भीमलाल श्रेष्ठलाई पर्यटन दूत बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको कार्यपालिका बैठकले पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका कान्तिपूर संवाददाता श्रेष्ठलाई पर्यटन र मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङलाई धार्चे गाउँपालिकामा बालबिबाह न्यूनिकरण दूत घोषणाको निर्णय गरेको हो ।
यसैगरी बैठकले धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा अल्ट्राम्याराथुन दौड आयोजना गर्ने निर्णय गरेको छ ।
अङ्ग्रेजी महिनाको मे नौ मा लार्केदेखि लाप्राकसम्मको उक्त दौड र बारपाक र लाप्राकको सीमानामा पर्ने मम्चेडाँडादेखि माछाखोलासम्म साइकल दौड प्रतियोगिता गर्ने समेत निर्णय भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।




















