×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुस चार देखि दोस्रो गोरखकाली मेला हुने

  •  
  • सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – गोरखा सदरमुकाममा दोस्रो गोरखकाली मेला हुने भएको छ ।

    हरमटारी क्लबको आयोजनामा आगामी पुस ४ देखि १३ गतेसम्म मेला हुने भएको हो । ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ १० दिनसम्म मेला सञ्चालन हुने क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने ।

    भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘हाम्रा धेरै संस्कृती लोप हुने अवस्थामा पुगेका छन्, तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो, मेला मार्फत उजागर गर्न चाहान्छौ ।’ त्यस्तै भ्रमण बर्ष २०२० मा अधिक रुपमा जिल्लामा पर्यटक भित्राउनका लागि गोरखाको इतिहासलाई प्रचार प्रसार गर्ने समेत मेलाले उदेश्य लिएको छ ।

    मेला अवधिभर लोकदोहोरी, हास्यब्यंग्य, पप गायक, आधुनिक लगायत गरि ५० जना भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने क्लबले जनाएको छ । करिब ७० हजार आन्तरिक तथा बाह्य दर्शक भित्राउने लक्ष्य सहित हुन लागेको मेलामा एक सयको हाराहारीमा स्टल रहने बताइएको छ ।

    करिब ४६ लाख २५ हार खर्च अनुमान गरिएको मेलाको बाल उद्यान, साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शनी मुख्य आकर्षण रहेको क्लबले जनाएको छ । ‘हामीले ४६ लाख खर्च हुने अनुमान गरेका छौ, गोरखामा हुने गरेका मेला महोत्सव भन्दा केही फरक ढंगबाट यो मेला गर्ने कोसिसमा छौ’ अध्यक्ष गुरुङले भने । मेला अबधी भर क्लबमा अवद्ध भएका १ सय ५० स्वयमसेवक खटाउने तयारी गरेको क्लबले शान्ति सुरक्षालाई ध्यानमा राखेर खेलकुद मैदान परिसर र आसपासमा सिसि क्यामेरा समेत जडान गर्ने बताएको छ ।

    मेलाबाट २ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखेको छ । नाफा भएको रकमले खेलकुद मैदानको स्तरोन्नती गर्ने बताइएको छ । हालसम्म मेला आयोजना गर्न कतैबाट सहयोग रकम प्राप्त नभएको र बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग सहयोगका लागि आग्रह गरिएको क्लबले जनाएको छ । मेला आयोजनाको तयारीका लागि क्लबका अध्यक्ष बिशाल गुरुङको संयोजकत्वको मुल आयोजक समिती सहित बिभिन्न ९ उपसमिती समेत गठन भइसकेको क्लबले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.