गोरखा समाचारदाता
दमौली – गोरखा जिल्लाबाट यस बर्ष ईश्वरकाजी मास्के उत्कृष्ठ करदाताको रुपमा सम्मानीत भएका छन ।
आठौ कर सप्ताहको अवशरमा दमौलीमा मास्केलाई आन्तरिक राजश्व कार्यालयले सम्मान गरेको हो ।
हार्डवेयर ब्यवसायी मास्के कार्यालयले यसबर्षको उत्कृष्ठ करदाता घोषणा गरी सम्मान गरेको हो ।
कार्यक्रममा मास्केसहित तनहूँको रोयल सहकारी संस्था लिमिटेड र लम्जुङको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थालाई पनि उत्कृष्ठ करदाताको सम्मान गरीएको थियो ।
कार्यालयको कार्यक्षेत्रभित्र पर्ने तनहूँ, गोरखा, लम्जुङ र मनाङ जिल्लामा कारोवारगरी धेरै कर तिर्नेलाई कार्यक्रम सम्मान गरिएको हो ।



