गोरखा समाचारदाता
गोरखा – १५ औं राष्ट्रिय कफि दिवस अजिरकोट गाउँपालिकाको भच्चेक बजारमा मनाइएको छ ।
आर्थिक सम्वृद्धिका लागि किसानको हात, गुणस्तरिय कफि रोपणमा हामी सबैको साथ भन्ने नाराका साथ मनाइएको दिवशका अधिकाशं वक्ताहरुले गोरखामा व्यवसायीक कफि खेतिको संभावना भएपनि राज्यले उचित ध्यान दिन नसकेको बताएका थिए ।
कालिका कृषि सहकारीका अध्यक्ष कृष्णप्रसाद धितालको अध्यक्षता तथा कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख मनिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अजिरकोट गाउँपालिका ३ का अध्यक्ष तयराज गुरुङ, केन्द्रिय कफी सहकारीका महासचिव तुलसी धिताल, गोरखा कृषि पर्यटन प्रबर्द्धन केन्द्रका संचालक ओम गुरुङ, जिल्ला कफि सहकारी संघका सचिब मित्रप्रसाद देबकोटा, नर्थ फिल्ड कृषि सहकारीका अध्यक्ष बलबहादुर धिताल लगायतले मन्तव्य राखेको कालिका कृषि सहकारीका सचिब चुडामणि ढकालले जानकारी दिए ।
गोरखा कृषि पर्यटन प्रबर्द्धन केन्द्र, कालिका कृषि सहकारी संस्था लि को आयोजना र हिमाली कफि उत्पादक संस्था लि र सहास नेपाल को सह–आयोजनामा भएको कार्यक्रममा किसानसँग अन्र्तक्रिया समेत गरिएको थियो ।


