गोरखा समाचारदाता
गोरखा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गोरखा नगर संगठन कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले पार्टीले नगरपालिका भित्र आउदो मंसिर र पुस महिनामा सञ्चालन गर्ने विभिन्न कार्यक्रम पारित गरेको नगरपार्टी सचिव कृष्ण रानाले मगरले जानकारी दिए । त्यस्तै नगर कमिटीलाई पुर्णता दिन बाँकी रहेको ३ वटा टोल कमिटिलाई तत्काल पूर्णता दिने बैठकले निर्णय गरेको राना बताए ।
लामो समयदेखि बामपन्थी बिचार धारामा लागेर पनि संगठन बाहिर रहेकाहरुलाई संगठनमा आबद्ध गर्न छलफल र अन्तरक्रिया चलाउने बैठकले निर्णय गरेको छ । मंसिर २७ गते नगरपालिका भित्रका १३० वटै टोल कमिटिलाई पार्टीको राजनीतिक कार्यदिशा, सांगठिन र बैचारिक बिषयमा प्रशिक्षणका लागि कार्यक्रम गर्ने निर्णय भएको छ ।
बिस्तारि बैठकले पौष २९ गते पार्टी नगर कमिटिको चौथो पूर्ण बैठक गर्ने सहमती समेत गरेको छ । नेकपाका केन्द्रिय सदस्य एव गोरखा जिल्ला जिल्ला सह इन्चार्ज अमर तुमको प्रमुख आतिथ्यतामा भएको बिस्तारित बैठकमा पार्टी जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा, नेकपा गण्डकी प्रदेश सदस्य बाबुराम थापा, समझना देवकोटा, डिलबहादुर सेन्चुरी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।



