गोरखा समाचारदाता
गोरखा – गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ का सांसद हरिशरण आर्चायले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको रकम बाँडफाँड गरेका छन् ।
गण्डकी प्रदेश सदस्य आर्चायले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम सञ्चालन निर्देशिका २०७६ को आधारमा २ करोड रुपैयाँ बिनियोजन गरेका बताएका छन । ‘निर्देशिका बमोजिम पूर्वाधार बिकासका कार्यक्रममा रकम छुट्याइएको छ’ उनले भने ‘स्थानीय तहसँगको समन्वय र जनताको मागका आधारमा योजनाहरु बनाइएको हो ।’ सडक, खानेपानी, शिक्षा, भवन लगायतका २४ योजनामा उक्त रकम बिनियोजन भएको छ ।
पालुङ्टार नगरपालिका २ को पाउरोटी भण्डार सामाचौर चापाभञ्जाङ कार्कीगाउँ अमले सडकका लागि २५ लाख, गोरखा नगरपालिकाको तेह्र किलो सिद्र्धिखोला गोरखा नगरपालिका गेट कृषि सडक २५ लाख, पालुङ्टार १० सुवानेखोला कुलेचौर बज्रेखोला टारीखेत दफन स्थान दुधेगैरा सडकका लागि १५ लाख, पालुङ्टार ५ को बौद्ध हिमाल युवा क्लबको अधुरो भवन निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
पालुङ्टार ८ मा झाका समाज घर निर्माणका लागि ७ लाख, भवानी बहुमुखी क्याम्पसको अधुरो भवन निर्माणका लागि ९ लाख, चापाभञ्ज्याङमा सामुदायिक भवन निर्मााण गर्नको लागि १० लाख, फेदी खाल्टे डाँडागाउँ सडक स्तरोन्नती १० लाख, रानीवन पदेलधाप पार्क निर्माण १० लाख, निमाहे्र वौद्ध गुम्बा निर्माणका लागि १० लाख बजेट छुट्याइएको छ ।
यसैगरी धौखोला टारीखेत ज्यामिरे सिंचाई योजना, असलटारी कुलो निर्माण, खहरे मुलपानी अक्कर सडक, आँपपिपल भञ्ज्याङ नेवार गुठीसमाज अधुरो भवन निर्माण, नेवार गुठी समाज सातदोवाटो, पाण्डेवेंसी पाण्डेगाउँ सडक निर्माण र नाङ्गेटार पाटी निर्माणको लागि क्रमश ५÷५ लाख बजेट छुट्याइएका छ ।
अन्य २५ लाख देखि २ लाखसम्मका योजना निर्माण गरिएको छ । उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालय मातहतको सिंचाई डिभिजन कार्यालय मार्फत खर्च हुनेछ । प्रभावकारी रुपमा अनुमग गरी उक्त रकमको सही सदुपयोग गर्ने सांसद आर्चायले बताए ।



