गोरखा समाचारदाता
गोरखा – अखिल नेपाल फुटबल संघको गण्डकी प्रदेशको महासचिवमा गोरखाका दिपेन्द्र श्रेष्ठ चयन भएका छन् ।
नव गठित समितिमा एन्फा गोरखाका अध्यक्षय समेत रहेका श्रेष्ठ महासचिव चुनिएको हो ।
भेलाले धरमबहादुर लामिछानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मुक्त राना, लोकेन्द्र गुरुङ, मिलन गुरुङ, सचिवमा रमेश कार्की, कोषाध्यक्षमा रामराज गुरुङ, सह कोषाध्यक्षमा बिनोद गुरुङ, र कार्यसमिति सदस्यमा गोरखाका सुमन गुरुङ चयन भएका छन् ।
यसैगरी एन्फाका उपाध्यक्ष कृष्ण थापालार्य गण्डकी प्रदेश लिग कमिटिको संयोजक बनाइएको छ । को छ ।



