नरेन्द्र ढकाल
गोरखा – गोरखा आरुघाट सडक कालोपत्र गर्ने जिम्मा पाएको एक ठेकदार कम्पनी लामो समय देखि बेपत्ता छ ।
गोरखा नगरपालिका ४ ढुङ्गागाढेदेखि फिमान घुम्तीसम्म करिब ३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको काष्ठमाण्डौ कन्टूक्सन प्रालीले काम अलपत्र छोडेको हो ।‘आर्थिक वर्ष २०७४/०७५ मा ग्राभेल र नाली निर्माणको काम भएको थियो’ ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका इन्जिनियर राजेशकुमारले यादवले भने ‘गत आर्थिक वर्ष उहाँ कन्टूयाक्ट मै आउनु भएन अनि काम पनि केही भएन ।’
जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक मध्येको एक गोरखा आरुघाट सडकको फिनाम खण्ड लामो समय देखि कालोपत्र हुन सकेको छैन् ।
डा. बाबुराम भट्टराई क्षेत्र नम्बर एकको सांसद रहेका बेला निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम मार्फत छुट्याइएको २ करोड ५० लाख लागतमा उक्त सडक कालोपत्र गर्ने जिम्मा लिइएको कार्यालयका इन्जिनियर यादबले बताए ।
ठेकेदारले डेढ करोड भुक्तानी लगिसकेको छ । आर्थिक वर्ष २०७५/०७६ मा सम्र्पकमा नआएको उक्त कम्पनीले बाँकी काम गर्न आनाकानी गरिरहेको कार्यालयले जनाएको छ । ‘हामीले बारम्बार ताकेता गरिरहेका छौं, उहाँहरुले आनाकानी गरिहनुभएको छ’ इन्जिनियर यादबले भने ‘म्याद पनि सकिसकेको छ । फाइन तिराएर काम लगाउने प्रयास गरिरहेका छौं ।’
उता काष्ठमाण्डौ काष्ठमाण्डौ कन्टूक्सन प्रालीका दिनेश ि रमालले आफू बाँकी काम पुरा गर्न तयार रहेको बताएका छन् । म्याद सकिएका पछि कार्यालयले थप नगरिदिदाँ गत वर्ष काम नभएको उनको दाबी छ । ‘अब धेरै काम बाँकी छैन, गत वर्ष कार्यालय म्याद थप गरिदिएन’ रिमालले भने ‘अहिले अफिसले आएर काम गर्नु भनेको छ, हामी छिट्टै सुरु गर्ने प्लानमा छौं ।’
केही दिन भित्र कार्यलयसँग सम्र्पक गरी बाँकी काम सुरु गर्ने रिमालको दाबी छ । गोरखा आरुघाट सडकको अन्य खण्ड पिच भइसक्दा पनि सदरमुकामै रहेको ढुङ्गागाढे –फिमान घुम्ती खण्ड कालोपत्रे नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । त्यहाँका स्थानीयले वर्खामा हिलो र हिउँदोमा धुलोका कारण सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।
धुलोका कारण जनजिवन प्रभावित भएको भन्दै उनीहरुले बिरोध समेत प्रर्दशन गरेका थिए । जिल्लाको मुख्य ग्रामिण सडक कालोपत्रेको जिम्मा लिएका ठेकदारहरुले समयमै काम नगर्दा अधिकाशं सडक अलपत्र छन् ।



