×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तिस महिनामा सात उजुरी

  •  
  • मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा – चुमनुब्री गाउँपालिकाको न्यायिक समितिमा हालसम्म सात वटा मात्रै उजुरी परेको छ ।

    २०७४ बैशाखमा स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधी आएपश्चात गठन भएको समितिमा ३० महिना बित्दा जम्मा ७ वटा मात्रै उजुरी दर्ता भएको गाउँपालिकाको कार्यालयले जनाएको छ । जसमध्ये सातै वटा मिलापत्रमा टुङ्गाइएको छ । ‘हामीकहाँ उजुरी नै पर्दैन, परिहाले २/३ महिनामा एउटा/दुइटा पर्ने हो’ गाउँपालिकाका उपाध्यक्ष कुमारी गुरुङले भनिन् ‘हामी आएकै ३० महिनामा जम्मा ६÷७ वटा मात्रै उजुरी आएको छ, सबै उजुरी समितिले नै मिलाएर पठाएका छौ ।’

    सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा लिखित उजुरी दिने प्रचलन नै कम छ । अधिकांश गुरुङ, घले, लामा लगायतका जातीको बसोबास रहेको यस पालिकामा हुने गरेका विवादहरु प्राय गाउँमै मिल्ने गरेका छन् । ‘अधिकांश झगडाहरु गाउँमै लामाहरु बसेर मिलाउछन्’ समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष गुरुङले भनिन् ‘हामीकहाँ छिटपुट आइपुग्ने हो, आएपछि एउटा छलफलबाटै केस मिल्ने अवस्था छ ।’

    बिशेषगरी छोडपत्र, घरायसी झगडा, घरजग्गा विवाद, सिमाना लगायतका विवादका मात्रै उजुरी आएको उनको अनुभव छ । भौगोलिक विकटता रहेको यस गाउँपालिकाको केन्द्र सिर्दिवासमा छ । चुमनुब्री गाउँपालिकामा हुने गरेका विवादहरु न्यायिक समितिमा मात्रै होइन प्रहरी चौकीसम्म पनि पुग्दैनन् ।

    अधिकांश विवाद गाउँकै गुम्बाहरुका लामाहरु बसेर मिलाउने प्रचलन यहाँ छ । ‘न्यायिक समितिमा मात्रै होइन, उजुरी प्रहरी चौकीमा पनि खासै पर्दैनन्’ उपाध्यक्ष गुरुङले भनिन् ‘माथिल्लो वडाहरुका झगडा गाउँ मै मिल्छन्, कतिपय वडा कार्यालयसम्म आइपुग्छन्, त्याहभन्दा माथी जादैन ।’

    पछिल्लो समय गाउँपालिकाले वडावडाका प्रतिनिधीलाई मेलमिलाप तालिम दिएपछि त झनै उजुरी शुन्य भएको छ । प्रत्येक वडाबाट वडाध्यक्ष, महिला समुह, अगुवा, गुम्बाका लामाहरु लगायतलाई गाउँपालिकाले तालिम दिएको थियो । ‘विवाद मिलाउन सहजीकरण सहज होस भनेर सबै गाउँका अगुवाहरुलाई मेलमिलाप तालिम दियौ’ उनले भनिन् ‘अब फेरी १ हप्ताको तालिम राख्दैछौ, त्यो भयो भने विवाद समाधान गर्न गाउँका लामाहरुलाई थप सहज हुने हाम्रो अनुमान हो ।’

    माथिल्लो क्षेत्रका प्रहरी चौकीमा समेत खासै उजुरी पर्दैनन् । २०२४ सालमा स्थापना भएको सिमा प्रहरी चौकी छेकम्पारमा हालसम्म एउटा पनि लिखित उजुरी परेको तथ्यांक छैन । त्यस्तै गरी प्रहरी चौकी रहेका अन्य स्थानहरु जगत, सिर्दिवास लगायत समागाउँ क्षेत्रका चोकीहरुमा समेत खासै उ जुरी आउदैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.