गोरखा समाचारदाता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।
बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा बिहान ९ बजेपछि सुरु बैठकमा उपनिर्वाचन र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको बताइएको छ ।
श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको छ । प्रचण्डसँग सोमबार भएको भेटमा पनि प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गरेको बताइएको छ ।
बैठक अहिले पनि जारी रहेको छ ।



