×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चेम्बरले एन्फालाई झुक्यायो

  •  
  • सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मिया

    गोरखा – गोरखा चेम्बर अफकमर्सले झुक्याएको जिल्ला फुटबल संघ (एन्फा) ले आरोप लगाएको छ ।

    दोस्रो दशैं सस्तो मेला आयोजना स्थल प्रयोग गर्ने विषयमा दुई पक्ष वीच भएको सहमतीलाई उल्लंघन गर्दै चेम्बरले झुक्याएको एन्फाको भनाई छ । ‘हामीले रंगशालालाई ग्रासुट प्रशिक्षण मैदानका रुपमा विकास गर्ने उदेश्यले ६ लाख लगाएर पूरै १० फिटको तारजाली लगाएका थियौ’ संघका गोरखा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने ‘मेलागर्न स्थलको विकल्प नभएपछि हामीले केहि ब्यवहारिक सर्त राखेर लिखित सहमती सहित मैदान दिन बाध्य भयौ, अहिले चेम्बरले सहमती लत्यायो ।’

    मेला आयोजना हुनु अघि संघको पहलमा हरमटारीमा रहेको खेलकुद मैदान तारजालीले घेरिएको थियो । चेम्बरले तारजाली हटाएर मेला आयोजना गर्ने र संघले खर्च गरेको ६ लाख रुपैया भुक्तानी गर्ने भनि भदौं २६ गते ४ बुदें लिखित सहमती बनेको थियो ।

    सहमती भएकै दिन चेम्बरले संघलाई राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाको चेक असोज २० गतेको मिति राखेर दिए पनि एक महिना बित्दा समेत चेक नसाटिएको उनको भनाई छ । संघलाई तारजाली र मैदान संरक्षण गर्न गोरखा नगरपालिकाबाट ५ लाख र एन्फा केन्द्रिय कार्यालयको ५ लाख गरी १० लाख रकम बिनियोजन भएको थियो ।

    तर सम्झौता अनुसार काम सम्पन्न नभएकाले दुवै निकायले संघलाई दिने रकम समेत रोकेका छन् । ‘एन्फा र गोरखा नगरपालिकाबाट गरी १० लाख आउने भनेर हामीले आफ्नो लगानीमा सबै घेराबार गरयौ, अहिले बनाएको संरचना पनि बिग्रियो’ अध्यक्ष श्रेष्ठले भने ‘काम पूरा नभएपछि दुवै निकायबाट आउने रकमपनि रोकिएको छ ।’

    सहमतीपत्रमा मेला सकिएपछि पोल, तारजाली पूरानै स्वरुपमा चेम्बरले निर्माण गरिदिने, संघले हालसम्म मैदानमा खर्च गरेको ६ लाख रुपैया चेम्बरले बुझाउने उल्लेख छ । त्यस्तै गोरखा नगरपालिकाबाट ५ लाख संघलाई प्राप्त भएपछि संघले चेम्बरलाई सो रकम बुझाउने समेत सहमती बनेको थियो । ‘हामीलाई एक महिना अघिको मिति राखेर दिएको चेक को खातामा रकम छैन’ संघका अध्यक्ष श्रेष्ठले भने ‘अब केहि दिन कुर्छौ, भएन भने संघ कानुनी प्रकृयामा जान बाध्य हुन्छौ ।’

    यता चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठ भने सहमती उल्लंघन नगरेको दावी गर्छन् । रकम उठ्न बाँकी रहेकाले चेक काटिएको मितिमा संघलाई रकम दिन भने नसकिएको उनले स्विकारेका छन् । ‘स्टल वापतको रकम आउन बाँकी छ, त्यै भएर ढिलो भएको हो’ उनले भने ‘तर सहमती दुवै पक्षबाट पालना हुनुपर्छ, एकतर्फी मात्रै हुदैन ।’ गोरखा नगरपालिकाबाट आउने भनिएको रकम संघले चेम्बरलाई नदिए सम्म चेम्बरले दिने भनिएको रकम समेत दिन नसकिने बैठकबाट निर्णय भएको उनले बताए । ‘हामीले मात्रै दिने भनेर सहमती भएको होइन, उहाँहरुबाट पनि आउनु परयो’ चेम्बरका अध्यक्ष श्रेष्ठले भने ‘अब रंगशालामा बाँकी रहेको काम सकेर नगरपालिका संग रकम लिएर हामीलाई दिनुपरयो ।’

    तर केहि दिन अघि मेलाको आय ब्यय सार्वजानिक गर्ने क्रममा चेम्बरले एन्फालाई रकम दिइ सकेको भन्दै ६ लाख खर्चमा देखिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.