गोरखा समाचारदाता
डडेलधुरा – डडेल्धुरा अस्पतालले आमरण अनसनरत डा.गोविन्द केसीको अवस्था जटिल बन्दै गएको बताएको छ । साथै उनको स्वास्थ्य अवस्था चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गए जटिलता व्यवस्थापन गर्न नसक्ने बाएको छ ।
विभिन्न माग राख्दै प्रा.डा.केसी ७ दिनदेखि डडेलधुरामा आमरण अनसनमा छन् । जिल्ला अस्पताल अगाडि एक निजी घरमा अनसन बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो ।
तर अवस्था झन विग्रिएको छ । ब्लड प्रेसर घट्दै गएको छ भने मुटुको चालमा वृद्धि भएको छ । यस्तै रगतमा अक्सिजनको मात्रा घटेको छ । मिर्गौलामा समस्या देखिएको छ । डा.केसीलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।



