×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बूढीगण्डकी इकाईको म्याद सकियो, जग्गा मुआब्जादेखि निर्माणसम्म अन्योलै अन्योल

  •  
  • आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    काठमाडौं – १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना क्षेत्रको मुआब्जा वितरण र वातावरणीय अध्ययन पूरा गर्न गठित ‘पुनर्बास, पुनस्र्थापना तथा जग्गा मुआब्जा वितरण इकाई समिति’को म्याद सकिएको छ ।

    तोकिएको आधा काम पनि पूरा नहुँदै कात्तिक १४ गते इकाईको म्याद सकिएको हो । ३ वर्षअघि एक वर्षका लागि मात्र गठन गरिएको इकाईको म्याद पटक–पटक थप्ने गरिएको छ । यस पटक पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले म्याद थप्ने तयारी गरेको छ ।

    इकाईको म्याद सकिएकाले थप्ने प्रक्रिया अघि बढाएको मन्त्रालयका सहसचिव तथा आयोजना हेर्न तोकिएका दीलिपकुमार सडौलाले बताए । ‘एक साताअघि नै इकाईको म्याद सकिएको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘मन्त्रालयले दोस्रो पटक म्याद थप्ने प्रक्रिया सुरु गरिसकेको छ । हामी चाँडै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँछौं ।’ समितिको म्याद कति थपिन्छ भन्नेबारे केही बताउन नसक्ने सडौलाले जानकारी दिए ।

    २०७३ सालमा तल्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले विकास समिति विघटन गरी आयोजना कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गराएका थिए । त्यतिबेला जग्गा मुआब्जा वितरण र बाँकी वातावरणीय काम पूरा गर्न इकाई गठन गरिएको थियो ।

    गत वर्ष पनि एक वर्षका लागि इकाईको म्याद थप गरिएको थियो । इकाई गठन गरेर संयोजक तोकिएका कृष्णबहादुर कार्कीले तलब र भत्ता खाने कामबाहेक अरू गरेका छैनन् । कार्कीले आयोजना निर्माण गर्नेभन्दा स्थानीयस्तरमा बनिरहेको वातावरण बिगारिरहेको स्थानीयको गुनासो छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको ४ वर्ष पुग्दासम्म निर्माणको संकेत नदेखिनु दुर्भाग्य हो ।

    अहिलेसम्म करिब साढे २६ अर्ब रुपैयाँ बराबरको मुआब्जा बाँडिएको छ । तर, आरुघाट, आर्खेत र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको छैन । यस्तै, घर, गोठ तथा रुख विरुवाको लगत संकलन गरिएको छैन । बूढीगण्डकीका लागि नियमित बजेट गए पनि प्रमुख जिल्ला अधिकारीले मुआब्जा निर्धारण गर्न नसकेकाले बजार क्षेत्रको दर निर्धारण हुन नसकेको सडौलाको भनाइ छ ।

    जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण गर्ने प्रावधान छ । उता बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मन्त्रालयले इकाईको म्याद थप्नेबाहेक अरू काम नगरेको आरोप लगाएको छ ।

    समिति संयोजक हरेराम ढकालले बजार क्षेत्र र बोट विरुवा तथा घर गोठको मुआब्जा निर्धारण गर्न मन्त्रालयले पहल नै नगरेको दाबी गरे । ‘इकाईको भूमिका धेरै थियो, दर्ता छुटेका, गुठी तथा ऐलानी जग्गामा बसेका सुकुम्बासीको विकल्प खोज्ने लगायत काम हुन सकेको छैन,’ उनले भने, ‘सरकारले नै आयोजना बन्धक बनाएर राख्यो ।’

    तत्कालीन मन्त्री शर्मापछिका कुनै मन्त्रीले मुआब्जा सम्बन्धी काम नगरेको उनको भनाइ छ । कमल थापा ऊर्जा मन्त्री हुँदा बूढीगण्डकीका लागि १८ अर्ब रुपैयाँ बजेट छुट्याए पनि बजार क्षेत्रलाई बेवास्ता गरिएको उनको तर्क छ । ‘स्थायी सरकार आउनुअघि सरकारी बैंकबाट मुआब्जा बाँडिएको थियो,’ उनले थपे, ‘कमिसनको लोभमा निजी बैंकलाई बाँड्न दिइयो ।’

    सरकारले यसअघि ४४ हजार रोपनी क्षेत्रफलका स्थानीय प्रभावितलाई मुआब्जा वितरण गरेको छ । अझै १८ सय रोपनी क्षेत्रफलको मुआब्जा निर्धारण गरी वितरण गर्न बाँकी छ । मुआब्जा निर्धारण नहुँदा आयोजना प्रभावित गोरखाको आरुघाट, आर्खेत र धादिङको आरुघाट र खहरेका स्थानीयले मुआब्जा पाएका छैनन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.