गोरखा समाचारदाता
तनहुँ – तनहुँको दुई भिन्न क्षेत्रमा पुरुष र महिलाको वेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार आज (सनिबार) तनहुँको देवघाट गाउँपालिका ५ को गलेश्वर मन्दिर छेवैमा अन्दाजी ५०÷५५ बर्ष जस्तो देखिने पुरुषको शव फेला परेको छ भने आँबुखैरेनी गाउँपालिका ३ को मस्र्याङदी नदी किनारमा अन्दाजी ४५÷५० बर्षकी एक महिलाको शव फेला परेको छ ।
दुवै शवको पहिचान खुल्न सकेको छैन । मस्र्याङदी नदी किनारमा फेला परेको महिलाको शव भने सडिगलेको अवस्थामा रहेको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।
दुवै घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।




















