गोरखा समाचारदाता
नवलपुर – नवलपुरको गैडाकोटमा करेन्ट लागेर १ जना पुरुषको ज्यान गएको छ ।
सनिबार बिहान गैडाको नगरपालिका १० नमुना चोकमा करेन्ट लाग्दा मध्यविन्दु नगरपालिका ६ बस्ने मतिराम महत्तो थारुको ज्यान गएको हो ।
पराल बोकेर आएको ना.२ ख ९०७८ नम्बरको ट्रक माथि बसेर आएका थारुलाई बिजुलीको तारले छुन जादा करेन्ट लागेर घाईते भएका थिए । घाईते थारुलाई चितवनको मेडिकल कलेजमा उपचार हुदै गर्दा मृत्यु भएको गैडाकोट प्रहरीले जानकारी दिएको छ ।




















