गोरखा समाचारदाता
गोरखा – सामान चोरी गरेको आरोपमा एक यूवकलाई पक्राउ परेका छन् ।
जिल्ला सदरकामको हिमालय गोरखा नेट प्रालिको कार्यालयबाट सामान चोरी गरेको भन्दै गोरखा नगरपालिका १ बन्दीचौरका भूवनबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले केही दिन अगाडी गोरखा नगरपालिका ६ को लोकतान्त्रिक चोकमा रहेको उत्त कायालयबाट १/१ टिभी र राउटर चोरी गरेको आरोप लगाएको छ ।
प्रहरीले नेपालीलाई गोरखा नगरपालिका ८ को बराह क्षेत्रबाट भाग्दै गर्दा पक्राउ गरेको थियो ।
सदरमुकाम आसपासमा दैनिक जसो चोरीको घटना हुन थाले पछि प्रहरीको सुरक्षा ब्यवस्थालाई लिएर सर्व साधारणहरुले आशंका ब्यक्त गर्न थालेका छन ।



