×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारतीय हस्तक्षेपको बिरोधमा विप्लबको मसाल जुलुस

  •  
  • शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – भारतले सार्वजानिक गरेको नयाँ नक्सामा नेपाली भूमी मिचिएको भन्दै नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपाले गोरखामा राँके जुलुस प्रर्दशन गरेका छ । भारतको बिस्तारवादी नीति अन्त्य गर्न माग गर्दै नेकपाका कार्यकताले नारावाजी समेत गरेको एक नेताले टेलिफोन मार्फत जानकारी दिए । भारतिय नक्सामा समेटिएका भुभाग फिर्ता गरी नयाँ नक्सा सार्वजानिक गर्न माग गरिएको उनले बताए ।

    उक्त विषयलाई लिएर देशभर विरोध सुरु भएको छ । सामाजिक सञ्जालमा सर्वसाधरणले ब्याक टु इन्डिया लेखेर बिरोध जनाइरहेका छन् । उक्त विषयलाई लिएर राजनितिक दल र तिनका भातृ संस्थाहरुले औपचारिक विरोध सुरु गरेका छन् ।

    यसै विच नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवा तथा विद्यार्थी संगठनहरुले बिहीबार प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

    साविकको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, साविकको युवासंगठन वाइसिएल नेपाल र युवासंघले संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा उनिहरुले भारतीय बिस्तारबादले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि अतिक्रमण गरी नेपालको सार्वभौम अखण्डता माथि ठाडो हस्तक्षेत्र गरेको भन्दै तत्काल कुटनीतिक पहल मार्फत सच्याउन माग गरेका छन् ।

    कालापानी र सुस्ताको सिमा–विवाद मिलाउन गठन भएको दुई देशका परराष्ट्रसचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्र्फी रुपमा नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्नु नेपाल माथी ठाडो हस्तक्षेपको प्रयास भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिदै गएका बेला भारतले नेपालको भूमि अतिक्रमण गर्नुले एकपटक नेपाललाई फेरि भस्काएको उल्लेख गरिएको छ ।

    सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालिनदीको मुहान भएको र काली नदीलाई नेपाल–भारत सिमाना मानिएकाले उक्त भुभाग नेपालको भएकोमा कुनै दुबिधा नरहेको भन्दै तत्काल सच्याउन ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

    त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालिनदीको मुहानको रुपमा निर्विवाद भएको भन्दै ज्ञापन पत्रमा सन् १९६० मा भारत र चीन बिचको युद्धका बेला भारतले काली पार गरेर नेपाली भुमी अतिक्रम गरि लिपुलेकमा भारतले सेना राख्न थालेको उल्लेख छ । ‘अतिक्रमण गरेको भूमि भारतले एकतर्फी रुपमा त्यहाँ बगेको खोलालाई काली नदी मानेर एकतर्फ आफ्नो भूमि भन्दै नक्सा सार्वजनिक गर्नुले भारतीयहरुको बिस्तारबादी शैलीको नाङिगएकोे छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

    भारतको यस्तो गैह्र जिम्मेवार बिस्तारबादी चरित्र आफुहरुलाई सह्य नुहने भन्दै ज्ञापन पत्रमा तत्काल कमजोरी सच्याएर अघि बढ्न माग गरिएको छ । संयुक्त ज्ञापन पत्रमा साविक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अध्यक्ष प्रबिण श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन क्रान्तिकारी उपाध्यक्ष बिष्णु पाण्डे, वाइसिएल नेपाल उपाध्यक्ष बालकृष्ण परियार, युवासंघ नेपालका अध्यक्ष सुमन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    ज्ञापन पत्र बुझ्नु हुदै प्रमुख जिल्ला अधिकारीले युवा तथा बिधार्थी संगठनको मागलाई सम्बन्धित ठाउँसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतले नेपालको भूमि आफ्नो नक्साबाट नहटाए राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कडा सघर्षमा उत्रने चेतावनी समेत दिइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.