×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २४ मिनेट अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४७ मिनेट अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ५६ मिनेट अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १५ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

स्थानीय जनप्रतिनिधीलाई संविधानले अन्याय गरयो, संशोधन गरौँ : मुख्यमन्त्री गुरुङ

  •  
  • मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका जनप्रतिनिधीलाई संविधानले अन्याय गरेको टिप्पणी गरेका छन् ।

    सर्वोच्च अदालले स्थानीय तहका जनप्रतिनिधीले लिइरहेको सुविधा संवन्धी प्रदेशले बनाएको कानुन खारेज गरेपछि मुख्यमन्त्री गुरुङले उक्त टिप्पणी गरेका हुन् ।

    गण्डकी प्रदेश समन्वय परिषद सहजीकरण समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले सर्वोच्चको फैसला प्रति भने आप्mनो सम्मान रहने बताए । “संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ, संघ र प्रदेशका जनप्रतिनिधीले पाउने स्थानीय तहका जनप्रतिनिधीले नपाउने ? मुख्यमन्त्री गुरुङले भने, यहाँ भन्दा अन्याय के हुन्छ ? अब संविधानको यो धारा संशोधन गर्नुपर्छ ।”

    प्रतिनिधी सभा र राष्ट्रियमा निर्वाचित जनप्रतिनिधीले दिन दिनै काम गर्न नपर्ने तर स्थानीय तहले दैनिक काम गर्नुपर्ने उनको भनाई छ । “प्रतिनिधी सभा र राष्ट्रिय सभाका जनप्रतिनिधीले दिनहुँ काम गर्नुपर्दैन, प्रदेश सभा सदस्यहरुले पनि पर्दैन, उनले भने, दिन दिनै जनताको समस्यामा दौडिने जनप्रतिनिधीले नपाउने हुँदैन, उनले भने हामीले जानी बुझेर नै जनप्रतिनिधीलाई पारिश्रमिकको व्यवस्था गरेका हौँ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश समन्वय परिषदको बैठकमा पनि आफुले स्थानीय तहका जनप्रतिनिधीलाई सुविधा र पारिश्रमिकको व्यवस्था हुनुपर्ने भनेर लामो बहस गरेको उनले संझिए । सर्वोच्चको पुरा फैसला नआएसम्म के गर्ने भनेर निर्णय नहुने उनले बताए ।

    संविधानमा स्थानीय तहको सुविधा प्रदेश कानुन बमोजिम भनेर उल्लेख गरिएपनि मासिक पारिश्रमिकबारे उल्लेख छैन । मुख्यमन्त्री गुरुङले स्थानीय तहका जनप्रतिनिधीलाई तत्काल पारिश्रमिक नलिन आग्रह समेत गरेका छन् ।

    कार्यक्रममा बोल्दै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले प्रदेश १ का जनप्रतिनिधीले लिइरहेको सुविधा पनि सर्वोच्चमा मुद्धा परे खारेज हुन सक्ने बताए । अहिलेको मुद्धा प्रदेश १ बाहेका अन्य ६ वटा प्रदेशले बनाएको कानुन विरुद्ध परेको भन्दै उनले प्रदेश १ को कानुनमा झनै धेरै त्रुटी रहेको बताए ।

    सर्वोच्चको फैसला जनप्रनिधिीले सुविधा लिन हुँदैन भनेर आएको होइन, उनले भने, संविधानको धारा अनुसार हाम्रो कानुन मिल्छ कि मिल्दैन भनेर हेरेको हो, संविधानले नगरेको व्यवस्था तपाईहरुको ऐनले ग¥यो भन्ने उहाँहरुको धारणा रहेछ ।”

    समितिको बैठकमा सहभागी स्थानीय तहका प्रमुख एवं उपप्रमुखले भने यस विषयमा टिप्पणी गरेनन् ।

    परिषद बैठक मंसिरमा
    गण्डकी प्रदेश समन्वय परिषद सहजीकरण समितिको बैठकले प्रदेश समन्वय परिषदको बैठक मंसिर दोस्रो सातापछि बस्ने निर्णय गरेको छ । बैठकले सहजीकरण समितिको बैठक संचालन संवन्धी कार्यविधिलाई अन्तिम रुप दिएको छ । कार्यविधी परिषदको आगामी बैठकबाट पारित हुनेछ ।

    यस्तै, प्रदेश र स्थानीय तहविच सहकारिता, समन्वय र सहअस्तित्वका विषयमा भएका मतभेद र समस्याहरु समाधान गर्दै लैजाने, स्थानीय तहका जनप्रतिनिधीको क्षमता विकासमा सहयोग गर्ने, प्रदेशबाट समपुरक, विशेष र सशर्त अनुदान लिने, राजश्व बाँडफाँड लगायतका विषयमा देखिएका समस्या समाधान गर्दै लैजाने विषयमा पनि आगामी प्रदेश समन्वय परिषदको बैठकबाट निर्णय लिने भएको छ ।

    बैठकमा स्थानीय तह र प्रदेश सरकारका विच कानुन निर्माणदेखि योजना कार्यान्वयनसम्मका विवाद, समस्याका बारेमा छलफल भएको थियो । उक्त समस्याहरु समाधान गर्न संवन्धित स्थानीय तह र प्रदेश कार्यालय विच समन्वय गर्ने निर्णय गरेको छ ।

    प्रदेश समन्वय परिषद सहजीकरण समितिका संयोजक एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, कृषिमन्त्री लेखबहादुर थापा, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेल, मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, पोखरा महानगरका प्रमुख मानबहादुर जिसी लगायत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ६. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ७. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.