×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २३ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मावलामा एक रुपियाँ ढ्याक दक्षिणा पाउँदा दंग परिन्थ्यो : डा. बाबुराम भट्टराई

  •  
  • मङ्गलबार, असोज २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • धर्म मान्दिनँ, नमान् भनेर आफ्नो विचार पनि थोपर्दिनँ, बुबाको हातबाट टीका थाप्छु

    टुना भट्ट

    दशैं आयो । कसरी मनाउने योजना गर्नुभएको छ दशैंलाई ?

    धर्मकर्ममा मैले कहिल्यै विश्वास गरिनँ । म हिन्दू परिवारमा जन्मेको व्यक्ति हुँ । मेरा घरपरिवार, बुबा आमाले धर्म मान्नुहुन्थ्यो तर हामीलाई कहिल्यै पनि उहाँहरुले थोपर्ने गर्नुभएन र हामीले पनि कहिल्यै पूजा पाठ गरेनौं ।

    तर शुरुको कालखण्डमा दशैं रमाइलोको रुपमा भेटघाट गरेर, खानपीन गरेर रमाउने गर्थ्यौं ।

    जनयुद्धको कालखण्डमा हामी भूमिगत थियौं र त्यसबेला खुलारुपमा जनतासँग जोडिने पनि हुँदैनथियो । त्यसैले त्यो कालखण्डमा पनि दशैं मनाउने कुरा भएन । खालि साथीभाइहरुसँग भेटघाट गर्ने, मीठो मसिनो खाने सामान्य रुपमा गरिन्थ्यो ।

    जनयुद्धको कालखण्डमा हामी भूमिगत थियौं र त्यसबेला खुलारुपमा जनतासँग जोडिने पनि हुँदैनथियो । त्यसैले त्यो कालखण्डमा पनि दशैं मनाउने कुरा भएन । खालि साथीभाइहरुसँग भेटघाट गर्ने, मीठो मसिनो खाने सामान्य रुपमा गरिन्थ्यो ।

    अहिले खुला परिवेशमा आइसकेपछि मैले बुबासँग भेटघाट गर्ने र टीकाको दिनमा बुबाको हातबाट टीका ग्रहण गर्ने काम गर्छु ।

    म प्रधानमन्त्री छँदा पशुपतिको बृद्धाश्रममा गएर छोराछोरी नभएका बुबाआमाको हातबाट टीका ग्रहण गर्ने काम मैले गरेको थिएँ ।

    अहिले बुबाको हातबाट टीका ग्रहण गर्ने, नातागोता साथीभाइहरुसँग बसेर यसो मीठोमसिनो खाने गर्छु । सम्भव भए छेउछाउतिर गएर परिवारसँग छुट्टी जस्तो मनाउने पनि गर्छु ।

    अध्ययन चाहिँ कत्तिको गर्नुहुन्छ?

    व्यक्तिगत रुपमा छुट्टीको समयमा म बढीजसो समय अध्ययनमा नै बिताउने गर्छु । अहिले पनि त्यही ढंगले तयारी गरेको छु ।

    दशैंको बिदामा यही किताब पढ्ने भन्ने लिस्ट नै त हुँदैन । तर मेरो रुचिको विषय गैरआख्यान नै हुन्छ । त्यसैले इतिहास, अर्थशास्त्र, समकालीन राजनीतिसम्बन्धी विषयहरु नै मेरो प्राथमिकतामा हुन्छन् । यसअर्थमा यही नै पुस्तक पढ्छु भन्ने अहिल्यै भन्न सक्दिनँ । केही पुस्तकहरु संकलन गरेर राखेको छु । कति भ्याइन्छ, पढिसकेपछि मात्रै भन्न सकिन्छ ।

    दशैंको बिदामा यही किताब पढ्ने भन्ने लिस्ट नै त हुँदैन । तर मेरो रुचिको विषय गैरआख्यान नै हुन्छ । त्यसैले इतिहास, अर्थशास्त्र, समकालीन राजनीतिसम्बन्धी विषयहरु नै मेरो प्राथमिकतामा हुन्छन् ।

    दशैं भन्नेबित्तिकै मीठो मसिनो खानेकुरा आउँछ र त्यो भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । तपाईंलाई दशैंमा चाहिँ सबैभन्दा बढी के खानेकुरा खान रुचि लाग्छ?

    खानाका बारेमा म अनुशासित नै छु । थोरै खाने, नियमित खाने मैले अभ्यास गर्दै आएको छु । मद्यपान गर्ने मेरो स्वभाव कहिल्यै पनि भएन । मासु म पहिलेदेखि नै खाने गर्थें तर उच्च रक्तचाप भएको कारणले अहिले मैले प्रायजसो रातो मासु बारेको छु र सेतो मासुमा कुखुरा वा माछा खाने गर्छु ।

    पहिलेदेखि नै खसीको मासु खाने बानी लागेको हुनाले दशैंको बेलामा अलिकति खसीको मासु पनि खान्छु । च्याङ्ग्रामा बोसो कम हुने भएकोले यसपटक च्याङ्ग्राको मासु मगाएर खाँदैछौं ।

    जीवनको यो पडावमा आइपुग्दा दशैंबारे तपाईंसँग कुनै मीठो र नमीठो सम्झनाहरु केही छन्?

    गाउँघरको किसान समाजमा फुर्सद हुँदैन । बाआमाहरु खेतीपातीमा जाने र हामी छोराछोरीहरु पनि गोठालो जाने, स्कुल जाने हुन्थ्यो । दशैं आउँदा सानोमा रोटेपिङ, लिङ्गेपिङहरु खेलेको सम्झन्छु । हाम्रो जस्तो निम्न मध्यम परिवारमा दशैंको बेलामा नयाँ लुगा लगाउने, गरिबैले पनि खसी काट्ने हुनाले मासु खाने, आफन्त, नातोगोता दिदीबहिनीहरु आउने, भेटघाट हुने गरेका जस्ता रमाइला प्रसंगहरु म सम्झन्छु ।

    दशैंमा त दक्षिणा पनि पाइन्थ्यो । बाल्यकालमा त्यस्तो दक्षिणा पाउँदा चाहिँ कस्तो अनुभूति हुन्थ्यो ?

    गोर्खाको खोप्लाङबाट त्यहाँ टीको लगाएर हिँडेर जाँदा राति मात्रै पुगिन्थ्यो । हिँड्दा पनि अहिलेको मध्यपहाडी लोकमार्ग हुँदै तारुकाट बजारबाट मस्र्याङ्दी तरेर राति राति हुँदा त्यहाँ पुगेको र गाउँघरका नातेदारहरुको घरघरमा गएर टीका लगाएको म सम्झन्छु ।

    राम्रो कुरा भन्नुभयो । मेरो मावला तनहुँको पुर्कोट हो र मावला खलक भण्डारीहरु । त्यसबेला अहिलेको जस्तो बाटोघाटो थिएन र दिनभरि लगाएर हिँडेरै मावला जानुपर्थ्यो। त्यहाँ हजुरबा र हजुरआमा मात्रै हुनुहुन्थ्यो । हामी गोर्खाको खोप्लाङबाट त्यहाँ टीको लगाएर हिँडेर जाँदा राति मात्रै पुगिन्थ्यो । हिँड्दा पनि अहिलेको मध्यपहाडी लोकमार्ग हुँदै तारुकाट बजारबाट मस्र्याङ्दी तरेर राति राति हुँदा त्यहाँ पुगेको र गाउँघरका नातेदारहरुको घरघरमा गएर टीका लगाएको म सम्झन्छु । त्यतिखेर अहिलेको जस्तो नोट होइन कि सुका, एकमोहर ढ्याके पैसा दक्षिणा दिएको मलाई सम्झना हुन्छ ।

    त्यो पैसा कसरी खर्च गर्नुहुन्थ्यो ?

    सानैदेखि मेरो फजुल खर्च गर्ने बानी थिएनँ । शायद त्यसरी दक्षिणा पाएको पैसा म आमालाई दिन्थें र पछि आमाले कापी किताबहरु किन्न दिनुभयो होला । मेरो बजारमा गएर चिया खाने, मिठाई किनेर खाने बानी कहिल्यै पनि थिएनँ । तर मामा माइजुहरुले एक मोहर, सुका, रुपियाँहरु दिएको चाहिँ म सम्झन्छु ।

    सबैभन्दा बढी दक्षिणा चाहिँ कसले दिनुहुन्थ्यो ?

    आफ्नै हजुरबा, हजुरआमाले अलि बढी दिनुहुन्थ्यो । अरु गाउँघरकाले पनि टाढाबाट आएका नातिनातिना भनेर दिने गर्नुहुन्थ्यो । तर त्यसबेलाको बढी दक्षिणा भनेकै त्यो एक रुपियाँको ढ्याके पैसा हुन्थ्यो । त्यो नै पनि त्यसबेला कति हो कति हुन्थ्यो । खुसीले दंग परिन्थ्यो ।

    दशैंको कुनै दुःखान्त अनुभव चाहिँ छ कि छैन ?

    हाम्रो परिवार सानो नै थियो, । मेरो बाल्यकाल पनि अत्यन्तै सुखद रह्यो । त्यस्तो दशैकालमा कुनै दुखान्त अनुभव गर्नु परेन ।

    हिजो जनयुद्धकालको नेतृत्वकर्ताहरुमध्येका एक तपाईं । तपाईंहरुमाथि त चाडपर्व,दशैं मनाउन नदिएको बात पनि लाग्ने गरेको छ नि ! मैले नैतिक ढंगले जिम्मा लिनुपर्छ  तर व्यक्तिगत रुपमा म कहिल्यै पनि त्यसको पक्षमा थिइनँ ।

    चाडपर्व मनाउने कुरा व्यक्तिको स्वेच्छिक छनौट र अधिकार कुरा हो । त्यसबाट बञ्चित गर्नु गलत कुरा हो । जनयुद्धकालमा त्यसरी चाडपर्व मनाउन बञ्चित गरियो भन्ने खालको कुरा त आउने गर्थ्यो तर त्यो पार्टीले आदेश दिएर वा त्यहीअनुसारको नीति भएर भएको कुरा थिएन ।

    तथापि मैले व्यक्तिगत रुपमा कसैलाई धर्मसंस्कृति मान्नबाट बञ्चित गरें भन्छ भने प्रतिवाद गर्न तयार छु  ।

    भूमिगतकालमा जनताको घरमा शरण लिँदा दशैंमा तपाईंहरुलाई टीका लगाइदिने काम हुन्थ्यो ?

    त्यसरी टीका लगाउने काम भएन । मैले आफ्ना हजुरबाआमा, ठूलाबा र बाआमाभन्दा बाहेक अरु कसैबाट टीका लगाइनँ ।  आफू प्रधानमन्त्री हुँदा बृद्धाश्रममा गएर छोराछोरी नहुनेहरुको हातबाट टीका लगाएर बाको हातको टीका लगाएको थिएँ ।

    तर तपाईंमाथि त धर्मविरोधी भन्ने आरोप लाग्ने गर्छ नि !

    कतिपयले बाबुराम धर्मविरोधी भनेर आरोप लगाउने गर्छन् । म वैज्ञानिक आधारमा धर्म भनेको दर्शन हो, यो समयअनुसार गतिशील परिवर्तन हुँदै जान्छन् भन्ने कुरामा विश्वास राख्छु । यी विभिन्न धर्महरु पनि शुरुका चरणमा त्यहीअनुसार विकसित हुँदै आएका हुन् । मानिसको अल्पचेतनाको कारण त्यतिबेलाको दर्शनलाई सबैले बुझ्दैनथिए र धार्मिक कर्मकाण्डको रुपमा त्यसलाई ग्रहण गरेका थिए ।

    अहिलेको वैज्ञानिक युगमा आइसकेपछि उन्नत चेत हुने मानिसले त नयाँ दर्शन लिने हो । नयाँ दर्शन अपनाउने मानिसलाई पुरानो धर्मको आवश्यकता पर्दैन । जसलाई आवश्यकता हुन्छ, उसले ग्रहण गर्न सक्छ, मजस्तो पछिल्लो विज्ञानमा विश्वास गर्नेलाई त्यो ग्रहण गर्नु जरुरी छैन । यति मात्रै कुरा हो र त्यसलाई मैले अरुलाई लाद्दिनँ ।

    मेरो बुबा अहिले पनि हिन्दू धर्म मान्नुहुन्छ । म उहाँहरुको सम्मान गर्छु र हिन्दूहरुको चारैधाम बद्रीनाथ, केदारनाथ, जगन्नाथ र द्वारिकानाथ अनि पाँचौं कैलाश मानसरोबर पनि मैले लिएर गएँ । धर्मकर्म गर्न नभई बुबाको इच्छा पूरा गर्न म त्यसरी गएको छु ।

    उदाहरणको लागि मेरो बुबा अहिले पनि हिन्दू धर्म मान्नुहुन्छ । म उहाँहरुको सम्मान गर्छु र हिन्दूहरुको चारैधाम बद्रीनाथ, केदारनाथ, जगन्नाथ र द्वारिकानाथ अनि पाँचौं कैलाश मानसरोबर पनि मैले लिएर गएँ । धर्मकर्म गर्न नभई बुबाको इच्छा पूरा गर्न म त्यसरी गएको छु । मैले पूजाआजा गरिनँ तर बुबाआमाको लागि म त्यहाँ गएँ । त्यसले पनि म धर्म विरोधी नभई धार्मिक सहिष्णुता त देखाउँछ नि !

    तपाईं त अन्तरजातीय विवाह गरेको मानिस ! तपाईंको आफ्नो घरको दशैं संस्कार र श्रीमातीको घरतर्फको दशैं मनाउने तरिका र संस्कारमा के समानता,के भिन्नताहरु पाउनुभो ?

    हिसिलाजीले संस्कार कर्मकाण्डहरु कुनैपनि कहिल्यै पनि पालना गर्नुभएन । हामीले पनि छोरी मानुषी जन्मिएपछि न्वारान लगायत कुनै पनि कर्मकाण्डहरु गरेनौं ।

    हिसिलाजीहरु तुलाधर परिवारबाट आउनुभएको यमि हो र उहाँहरुको परिवार बौद्धमार्गी हुनुहुन्छ । त्यसकारण उहाँहरुको हिन्दू संस्कारभन्दा पनि बौद्धमार्गी नै हो । हिसिलाजीको पिताजी धर्मरत्न यमि र हिरादेवी यमि उन्नत चेतनायुक्त हुनुहुन्थ्यो र कुनै पनि रुढीवादी संस्कारहरु गर्नुहुन्नथ्यो । नेवार परम्पराअनुसार छोरीलाई गुफा राख्ने आदि केही पनि काम उहाँहरुले गर्नुभएन । त्यसो भएको हुनाले हिसिलाजीले संस्कार कर्मकाण्डहरु कुनैपनि कहिल्यै पनि पालना गर्नुभएन । हामीले पनि छोरी मानुषी जन्मिएपछि न्वारान लगायत कुनै पनि कर्मकाण्डहरु गरेनौं । हिसिला र मानुषीले नाक कान पनि छेडेका छैनन् र उहाँहरुले गहना पनि केही लगाउनुहुन्न ।

    अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

    दशैं तथा आसन्न तिहार, छठ पर्वहरुको शुभकामना भन्न चाहन्छु । साथै, धर्म संस्कार संस्कृतिलाई समयानुकूल परिवर्तन गर्दै लैजाऔं, आफ्नो आस्थाको विषय कसैलाई लाद्ने काम नगरौं, म सबैलाई यही नै आग्रह गर्न चाहन्छु ।

    ratopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.