×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

अनाथ बालबालिकालाई भविष्यको चिन्ता

  •  
  • आइतबार, असोज ०५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – केरौंजाकी मञ्जु बिक बालमन्दिर मावि छहरेको कक्षा ९ मा पढ्छिन् । १० वर्षको कलिलो उमेरमै अभिभावक गुमाउनको पिडा कति हुन्छ उनलाई राम्रेरी थाह छ ।

    ‘बुबालाई जण्डिसले लग्यो, आमा मामाघर जाँदा बाटैमा बेहोस भएर बित्नुभयो’ गहभरी आशु पार्दै मञ्जुले भनिन ‘तर मनमा जति पिडा भए पनि बाँच्नु पर्दो रहेछ ।’ उनलाई शिक्षिका भन्ने ठूलो धोको छ । तर उच्च शिक्षा कसरी लिने भन्ने चिन्ताले मञ्जुलाई धेरै सताउँछ ।

    अहिले पढिरहेको विद्यालयमा १० कक्षा सम्म मात्र पढाई हुन्छ । आगामी वर्ष एसइई दिएपछि पढ्न नपाइने हो की भन्ने उनलाई डर छ । ‘पढ्न पाएँ त भारी बोकेरै भएपनि पढ्छु, शिक्षिका बनेर यो समाजलाई देखाउने ठूलो धोको छ’ मञ्जुले भनिन् ।’ मञ्जुले भाइ सञ्जयलाई पनि आफू सँगै विद्यालयको छात्राबासमा राखेर पढाएकी छिन । सञ्जय भर्खर १० वर्षका भए । उनी ४ कक्षामा पढ्छन् । उनलाई भने डाक्टर बन्ने इच्छा छ ।

    धार्चे-५ लब्सिबोटकी पूर्णिमा गुरुङलाई २०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पले टुहुरो बनाइ दियो । जंगलमा बाख्रा चराउन गएका बखत बुबालाई भूकम्प लगतै आएको पहिरोले पुरेपछि उनको परिवार अनाथ बन्न पुग्यो । घरमुली नै भूकम्पमा परेपछिआम्दानीका सबै बाटा बन्द भए ।

    पूर्णिमाको पढाई पनि रोकियो । ‘बुबा बित्नु भएपछि त स्कूल जान पनि मन लागेन, घरमा खाने कुरा पनि केही थिएन भाई बहिनी पनि साना थिए’ पूर्णिमाले रुँदै भनिन् ‘केही समय यत्तिकै बसेँ पछि यो स्कूलको होस्टेलमा बसेर पढ्न पाइन्छ रे भन्ने सुनेपछि भाइ बहिनीलाई लिएर यहाँ आए ।’ उनी अहिले कक्षा ९, बहिनी ८ र भाई ५ मा पढ्छन् ।

    पूर्णिमालाई अहिले आफूसँगै भाई बहिनीको पनिको भविष्यको चिन्ता छ । ‘आफूले मात्रै पढेर भएन सर, भाइ बहिनी पनि म जत्रै भइसकेका छन्, आमाले केही गर्न सक्नु हुन्न’ उनले भनिन् ‘१२ कक्षासम्म कसैले पढाई दिए बोर्डिङ पढाएर भए पनि भाई बहिनी पढाउँथे ।’

    बाल मन्दिर माविमा उनीहरु जस्तै २४ जना अनाथ बाल बालिकाहरु आवासिय रुपमा पढ्छन् । उनीहरु अधिकाशंको पढाई राम्रो छ । छात्राबासमा पढ्ने भएकाले अन्य विद्यार्थीको तुलनामा पढ्ने मौका पनि धेरै छ । ‘सबैको पढाई राम्रो छ, अनुसासित छन्’ विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले भने ‘आफ्नो पिडालाई भुलेर लगनशिल भई पढाई लेखाईमा ध्यान दिन्छन् ।’

    विभिन्न संघ सस्थाहरुले गरेको सहयोगले विद्यालयको छात्राबास चलेको छ । ‘जसो तसो माग जाम गरेर पढ्ने व्यवस्था मिलाएका छौं’ उनले भने ‘अहिलेसम्म स्थायी स्रोत केही छैन्, स्वदेशी विदेशी दाताहरुको भरमै हामीले होस्टेल चलाएका छौं ।’ अनाथ बाल बालिकाहरुलाई खाने बस्ने अलवा विद्यालय पोशाक र शैक्षिक सामाग्री समेत मागेर नै उपलब्ध गराएको उनले बताए ।

    ‘कोही सँग डेूस माग्छु, कोहीले झोला जुत्ता दिन्छन्,’ लामिछानेले भने ‘स्टेशनरीहरुले कापी कमल सहयोग गर्नुभएको छ, यदीपुगेन भने विद्यालयको विविद्य स्रोतबाट किनेरै भए पनि उहाँहरुलाई दिने गरिएको छ ।’ छात्राबासका लागि मात्र मासिक ६० हजार खर्च लाग्ने गरेको छ । कतिपय व्यक्तिले आफ्नो जन्मोत्सव, पितृ कार्यमा खाद्यन्न उपलब्ध गराउने गरेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ०५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.