×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सिंहदरबार निर्माणमा चन्द्रशमशेरको ‘हिनामिना’

  •  
  • बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भैरव रिसाल

    निर्माणमा रु. ५० लाख पनि खर्च नभएको भनिएको सिंहदरबार चन्द्रशमशेरले नेपाल सरकारलाई रु. २ करोडमा बेचेका थिए।

    पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० मा बनाउन लगाएको सिंहदरबार आज पनि देशको राजनीतिको केन्द्रविन्दु हो । संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको नयाँ संरचना अनुसार प्रशासनिक अधिकार दूरदराजसम्म पुर्‍याउने आकांक्षा सहित ‘गाउँगाउँमा सिंहदरबार’ लैजाने भनिंदैछ ।

    सिंहदरबार बन्नु अघि त्यो ठाउँमा पानीघट्ट थियो रे, मकै/गहुँ आदि पिसाउने । १९५८ असारमा श्री ३ बनेका चन्द्रशमशेरले त्यसको दुई वर्षपछि विशाल दरबार तयार पार्न लगाएका थिए । त्यसपछि कोटिहोम, रुद्री जस्ता धार्मिक विधि गराई उनी थापाथली दरबार (सिंहमहल) बाट सिंहदरबार सरे रे ! उनले २८ वर्ष यही दरबारबाट राज्य चलाए ।

     अरू नपाएपछि सिंहदरबार

    चन्द्रशमशेरले आफू श्री ३ हुनासाथ सिंहदरबार निर्माण गर्न लगाएको होइन रहेछ । पुरुषोत्तम शमशेरको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा लेखिए अनुसार प्रधानमन्त्री भएपछि चन्द्रशमशेरले शुरूमा सेतो दरबार वा लालदरबार किन्न खोजेका रहेछन् ।

    डिल्ली शमशेर थापा र माहिला पण्डित काशीनाथ आचार्य दीक्षितलाई भन्न पनि पठाएछन् । लालदरबारको हकमा तेज शमशेरले ‘महाराजलाई टक्य्राउन तयार छु, तर मेरो मुमाज्यूलाई कहाँ राखूँ’ भनेछन् । यता, सेतो दरबारबारे गेहेन्द्र शमशेरले ‘महाराज मैले मागेको मोल दिन सकिबक्सन्छ ?’ भनेर पठाएछन् ।

    त्यसपछि पनि अरू ठूला भवन किन्ने प्रयास केही समयसम्म चल्यो । हालको शङ्कर होटल भएको जित शमशेरको दरबार र रुद्र शमशेरको चारबुर्जा दरबार रु.६/६ लाखमा किन्न खोज्दा पनि मिलेनछ ।

    त्यसैबीच इन्जिनियर कुमार नरसिंह र कर्णेल किशोर नरसिंह राणा लगायतले चन्द्रशमशेरलाई भनेछन्, “महाराज, यिनी सोझहरूको चित्त किन दुखाइबक्सन्छ । हुकुम भए वर्ष दिनमै लायकको नयाँ दरबार तयार पार्छौं ।” त्यसपछि मात्र सिंहदरबार निर्माणको प्रक्रिया अगाडि बढेछ ।

    ‘सिंहदरबार’ नाम कसरी रह्यो भन्नेबारे पनि रोचक प्रसङ्ग छ । ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ पुस्तक अनुसार, चन्द्रशमशेर आफ्नी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग त्यो नयाँ दरबारको कौसीमा टहल्दै रहेछन् ।

    उनले कौसीबाट बागदरबार औंल्याउँदै रानीलाई भनेछन् ‘ऊ बागदरबार ।’ तब लोकभक्त लक्ष्मीले ‘महाराज, त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ चन्द्रशमशेरले मुसुक्क हाँस्दै ‘सिंहदरबार’ नाम राखिदिएछन् ।

     रु.२ करोडमा बिक्री

    सिंहदरबार तयार भएपछि चन्द्रशमशेरले भारदारी सभा गठन गरी सभा समक्ष ‘अबदेखि जो श्री ३ महाराज हुन्छ ऊ यो सिंहदरबारमा बस्न पाउनेछ । तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजैदेखि बेचें’ भनेछन् ।

    जङ्गबहादुरले प्रकोप आदिका कारण मुलुक सङ्कटमा परेमा प्रयोग गर्न भनी सरकारी ढुकुटी कौसीमा रु.११ करोड राखेका रहेछन् । त्यसबाट चन्द्रशमशेरले रु.२ करोड झिकेर लिएछन् ।

    त्यतिवेला सिंहदरबार बन्न रु.५० लाख पनि खर्च भएको थिएन भनिन्छ । किनकि, कामदारको व्यवस्था र निर्माणमा लागेका धेरैजसो सामग्री निःशुल्क जुटाइएको थियो । काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली जस्ता सबै काम सैनिक, पुलिस, पिपा र कैदीहरूबाट गराइएछ ।

    काठको व्यवस्था पनि काठमाडौं नजिकैको ‘छरिया जङ्गल’ बाट एक पैसा खर्च नगरी गरिएछ । चन्द्रशमशेरले कामदारहरूलाई वेलावेला राँगा र खसी काटेर भोज पनि खुवाउँदा रहेछन् ।

    राणा शासनमा नौ जना प्रधानमन्त्री भए । चन्द्रशमशेरपछिका श्री ३ महाराजहरू भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेर सबैले यही सिंहदरबारबाटै राजपाठ चलाए ।

    ऐतिहासिक महत्वको सिंहदरबारमा २५ असार २०३० मा भने विपत् आइपर्‍यो । त्यो दिन भीषण आगलागी भएर ७० वर्षअघिको वास्तुकला ध्वस्त भयो, अग्रभाग मात्र बचाउन सकियो । परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजात जलेर नष्ट भए । दूरसञ्चारको पूर्वाधार जोगाउन सरकारले परराष्ट्र मन्त्रालयको कबलमा बम पड्काएर संभावित क्षति रोकेको थियो ।

    १२ वैशाख २०७२ को भूकम्पले सिंहदरबारलाई फेरि धक्का दियो । भूकम्पले दरबार नढाले पनि पश्चिमी मोहडा नराम्रोसँग चर्कायो । नयाँ बनाउने वा प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने भन्ने दुई विकल्पमा छलफल चल्यो । अन्ततः प्रबलीकरण गर्ने निष्कर्ष अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८.८ रेक्टर स्केलको भूकम्पले पनि असर नगर्ने डिजाइन बनाएर काम गरिरहेको छ ।

    फर्केर हेर्दा विगत ११६ वर्षयताको सिंहदरबारको परिवर्तित तस्वीर रोचक लाग्छ । पानीघट्ट घुमेर एउटा युगको प्रतिनिधित्व गर्ने त्यो भूखण्ड अहिले अत्याधुनिक सञ्चार सुविधा सम्पन्न भएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिङ्गापुरमा छँदै सिंहदरबार हाँके । युग कसरी बदलियो !

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.