×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई पाकिस्तानी आकाशमा प्रतिबन्ध

  •  
  • बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलव्ध गराइदिन माग गरेलगत्तै पाकिस्तानले सो प्रस्तावलाई अस्वीकार गरेको हो ।

    काश्मिरबाट धारा ३७० हटाउने भारतको निर्णयपछि पाकिस्तान भारतसँग नराम्रोसँग चिढिएको छ । पाकिस्तान त्यसपछि कूटनीतिका आधारभूत कुरा समेत स्वीकार्न गर्न तयार देखिएको छैन । भारतीय प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदैछन् र त्यसका लागि पाकिस्तान सरकारलाई एयरस्पेस प्रयोग गर्नका लागि अनुरोध गरिएको थियो। तर पाकिस्तानले यसलाई अनुमति दिएन ।

    यसअघि पनि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको जहाजका लागि एयरस्पेसबाट उडान गर्न अनुमति दिन अस्वीकार गरेको थियो । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीका अनुसार भारतले प्रधानमन्त्री मोदीको विमान पाकिस्तान हुँदै २१ सेप्टेम्बरमा अमेरिका जान र २८ सेप्टेम्बरमा फिर्ता आउनका लागि अनुमति मागेको थियो । पाकिस्तानले यसका लागि अनुमति नदिएपछि इस्लामाबादस्थित भारतीय उच्चायोगलाई पनि रिपोर्ट गरिएको छ। मन्त्री कुरेशीले भने, कश्मीरको वर्तमान अवस्था र भारतको दृष्टिकोणलाई ध्यानमा राख्दै हामीले हाम्रो एयरस्पेसलाई उडानका लागि अनुमति नदिने निर्णय गरेका छौं।

    प्रधानमन्त्री मोदीको लागि आफ्नो एयरस्पेस नदिने पाकिस्तानको निर्णयप्रति भारतले चर्को विरोध गरेको छ । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रविश कुमारले पाकिस्तान सरकारले एक हप्तामा दोस्रो पटक विमानको लागि मार्ग दिन अस्वीकार गरेको बताएका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्नुपर्दछ र त्यस्तो एकतर्फी निर्णय लिने आफ्नो पुरानो बानीबाट अलग रहनुपर्ने समेत उनले स्पष्ट पारे ।

    भारतले आईसीएओमा रिट हाल्न सक्दछ

    पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको विशेष विमानलाई एयरस्पेशको अनुमति नदिने भन्ने मुद्दामा भारतले पाकिस्तानको बिरूद्ध अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) लाई मुद्धा हाल्न सक्ने जनाइएको छ। आईसीएओको सम्झौताअनुसार दुई देशबीचको युद्धको समयमा मात्र एयरस्पेस प्रयोग गर्नबाट रोक्न सकिन्छ। यस नियमलाई नमान्ने देशहरूमाथि दण्ड लगाउने प्रावधान पनि छ।

    स्मरण रहोस् प्रधानमन्त्री नरेन्द्र मोदी २२ सेप्टेम्बरमा अमेरिकामा आयोजित एक कार्यक्रममा भाग लिन सेप्टेम्बर २१ मा अमेरिका भ्रमण गर्न लागेका हुन्। यस समयमा लगभग ५० हजार व्यक्तिको उपस्थिति हुनेछ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.