×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

नेपालबाट बेपत्ता भएका आफ्ना भूतपूर्व सैनिक खोज्न भारतले सहयोग नगरेको पाकिस्तानको आरोप

  •  
  • बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पाकिस्तानले झन्डै साढे दुई वर्षअघि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका पाकिस्तानी सेनाका एक पूर्वअधिकारीको खोजीमा सघाउन भारतलाई बारम्बार अनुरोध गरे पनि सकारात्मक उत्तर नपाएको बताएको छ।

    पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी क्षेत्रबाट हराएका पूर्वसैनिक कर्नल मोहम्मद हबिब जाहिरको विषयमा बुधवार यस्तो धारणा सार्वजनिक गरेका हुन्।

    भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेर पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै उसले भारतीय गुप्तचर निकायका अधिकारी कुलभूषण जाधवसँग गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

    त्यसको भोलिपल्ट पाकिस्तानले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अवकाशप्राप्त सैनिक अधिकारी जाहिर भारतीय हिरासतमा रहेको अनि जाधवसँग उनलाई साट्न खोजिएको भन्ने विषयमा पत्रकारबाट प्रश्न प्राप्त भएको भन्दै आफ्नो यो धारणा सार्वजनिक गरेको हो।

    सन् २०१६ मा पाकिस्तानमा पक्राउ परेका जाधवलाई त्यसको एक वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको थियो। अहिले उनी पाकिस्तानी कारागारमा छन्।

    जागिरको प्रलोभन

    पाकिस्तानी सेनाको वरिष्ठ पदबाट अवकाश पाएका जाहिर एउटा आकर्षक जागिरको आशामा नेपाल आएको बताइन्छ। तर उनी बेपत्ता भए।

    नेपाली सुरक्षा निकायले उनको खोजीको प्रयास गर्‍यो। तर आफ्नो अनुसन्धानमा उनी कहाँ गए वा कहाँ छन् भन्ने प्रमाण भेट्न नसकिएको नेपाली सुरक्षा निकायहरूले बताउने गरेका छन्।

    उनले अवकाशपछि रोजगारी खोज्दै राष्ट्रसङ्घको वेबसाइट तथा लिङ्क्डइनमा आफ्नो व्यक्तिगत विवरण राखेका थिए।

    भारत-पाकिस्तान

    इन्टरनेटमा उपलब्ध विवरण र उनको रुचिलाई आधार मानेर आफूलाई मार्क नामले चिनाउने एक व्यक्तिले टेलिफोन गरी जाहिरलाई नयाँ जागिरका लागि अन्तर्वार्ता दिन नेपाल बोलाएको पाकिस्तानको भनाइ छ।

    मार्कले पठाएको विमानको टिकट प्रयोग गरेर लाहोरबाट ओमान हुँदै सन् २०१७ को एप्रिल ६ मा जाहिर काठमाण्डू आइपुगेका थिए।

    त्यो उनको पहिलो काठमाण्डू भ्रमण भएको र उनी विमानस्थलबाट सोझै एउट विमानमा भैरहवा गएको बताइन्छ।

    उनले भैरहवा विमानस्थलमा अवतरण गरेपछि खिचेको आफ्नो फोटो र बोर्डिङ पास परिवारका सदस्यलाई ह्वाट्सएपमार्फत् पठाएको बताइन्छ।

    त्यसपछि उनको मोबाइल बन्द भएको र परिवारसँग सम्पर्क टुटेको भनिएको छ।

    उनले विमानस्थलमा खिचेर परिवारलाई पठाएको तस्बिर सार्वजनिक भइसकेको छ।

    हबिब

    जाहिरलाई नेपाल बोलाउने व्यक्तिले छद्म नाम प्रयोग गरेको र बोलाउन प्रयोग गरिएको फोन नम्बर कम्प्युटर वा इन्टरेटमार्फत् स्वचालित रूपमा उपलब्ध गराइने नम्बर भएको देखिएको पाकिस्तानी पक्षको दाबी छ।

    बुधवार प्रकाशित विज्ञप्तिमा जाहिरलाई सम्पर्क गर्न प्रयोग गरिएको भनिएको वेबसाइट भारतबाट सञ्चालित भएको र पछि त्यसलाई हटाइएको पाइएको उल्लेख छ।

    हराएको अढाइ वर्ष पुग्न लाग्दा रोजगारीको अन्तर्वार्ताका लागि जाहिर भारतसँगको सीमाभन्दा पाँच किलोमिटर पर अवस्थित क्षेत्रमा किन गएका थिए भन्ने स्पष्ट हुन सकेको छैन।

    कसैले उनको गतिविधि सम्भावित गुप्तचरीको अंश हुन सक्ने ठानेका छन् भने कसैले भारतीय गुप्तचरहरूले प्रलोभनमा पारेर उनलाई त्यहाँ झिकाएको आशङ्का व्यक्त गरेका छन्।

    भारतको संलग्नताको सङ्केत

    जाहिर नेपाल-भारत सीमा नजिकैबाट बेपत्ता भएका, भारतीय नागरिकहरू उनलाई लिन आएका, होटल र टिकटको जोहो गर्न पनि भारतीय नागरिकहरूको संलग्नता देखिएको भन्दै पाकिस्तानले उनको खोजीमा आफूले भारतको सहयोग खोजेको उल्लेख गरेको छ।

    पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानले बारम्बार भारतलाई उनको खोजीका लागि सघाउन अनुरोध गरेको छ तर भारतीय पक्षबाट कुनै पनि सकारात्मक उत्तर पाउन सकिएको छैन।”

    उनी बेपत्ता भएलगत्तै पाकिस्तानी अधिकारीहरूले उनलाई झुक्याएर नेपालबाट बन्धक बनाइएको प्रतिक्रिया दिएका थिए।

    विदेश मन्त्रालयको नयाँ विज्ञप्तिमा पनि पाकिस्तानले आफूसँग दुस्मनी राख्ने निकाय नै जाहिरलाई बेपत्ता बनाउन संलग्न भएको नकार्न नसकिने दोहोर्‍याएको छ।

    कुलभूषण जाधव

    पाकिस्तानले आफ्नो खोजी प्रयासलाई जारी राख्ने उल्लेख गरेको छ।

    यसअघि सन् २०१७ को जुनमा एक पाकिस्तानी मन्त्रीले डन समाचारपत्रलाई भारतीय गुप्तचर निकाय वा भारतीय सरकारको संलग्नता देखिने कुनै किसिमको अन्तिम प्रतिवेदन आफ्नो सरकारसँग नभएको बताएका थिए।

    जाहिर बेपत्ता भएपछि त्यसबारे सोधिएको प्रश्नमा आफूलाई केही थाहा नभएको भारतीय विदेश मन्त्रालयले बताएको थियो।

    त्यसयता सार्वजनिक भएका कतिपय विवरणमा पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कुलभूषण जाधवलाई पक्राउ गर्ने टोलीमा जाहिर पनि रहेको दाबी गरिएको छ।

    तर पाकिस्तानले बेपत्ता हुनुभन्दा झन्डै चार वर्षअघि नै जाहिरले सेनाबाट अवकाश पाएको जनाएको छ।

    उनको खोजीका लागि विशेष पहल गर्न पाकिस्तान सरकारलाई अनुरोध गर्दै आएको जाहिरको परिवारले सहयोग माग्दै व्यक्ति बेपत्ता पार्ने विषय हेर्ने जिनिभास्थित राष्ट्रसङ्घीय निकायको पनि ढोका घच्घच्याएको छ।

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.