गोरखा समाचारदाता
गोरखा – संविधान दिवशको पुर्व सन्ध्यामा पोखरामा भलिवल प्रतियोगिता भएको छ ।
गण्डकी प्रदेश सरकारको आयोजना तथा प्रदेश प्रहरी कार्यालयको समन्वयमा बुधबार देखी मैत्रीपुर्ण भलिवल प्रतियोगिता भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कृण्णबहादुर कार्कीले बताए ।
बुधबार शुरु भएको खेलमा गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले रेफ्रीलाई भलिवल दिएर खेलको उदघाट्न गरेका थिए ।
विभिन्न ५ समूहको सहभागिता हुने उत्त प्रतियोगिताको पहिलो दिन भएको खेलबाट राष्ट्र सेवक कर्मचारी र पश्चिमाञ्चल खेलकुद विकास समिती अन्तिम चरणमा पुगेको छ ।
दुवै समूह बिच बिहीबार प्रदेश शसत्र प्रहरी गणमा ड्यामसाईडमा खेल हुने सूचना अधिकारी कार्कीले जानकारी दिए ।



