गोरखा समाचारदाता
गोरखा – पोखरा उद्योग वाणिज्य संघले युवापत्रकार भरत कोइरालालाई पोखरा उद्योग वाणिज्य संघ (पिसिसीआई) आर्थिक पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मान गर्ने भएको छ ।
संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा गठित पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार योग्य प्रतिभा चयन उप समितिले मंगलबार कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
लामिछानेले पाउने पुरस्कार राशी ३५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र रहेको छ ।
कोइरालाले पत्रकारिताको माध्यमबाट समग्र पोखराको आर्थिक विकासमा पु¥याएको योगदानको कदरगर्दै उनलाई सो पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
संघले आफ्नो ६५ औँ अधिवेशनको अवसरमा आउँदो असोज ४ गते सम्मान गर्ने संघका महा सचिव अर्जुन पोखरेलले बताए । हरेक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारबाट यस अघि पत्रकार सन्तोष पोखरेल र रुपनारायण ढकाल सम्मानित भइसकेका छन् ।



