गोरखा समाचारदाता
गोरखा – संखुवासभामा जिप दुर्घटना हुदा ६ जना वेपत्ता भएका छन ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार को. १ ज ३७४९ नम्बरको बोलेर जीप जिल्ला सदरमुकाम खाँदबारी बाट बिरामी बोकेर धरानतर्फ जाँदै गर्दा मंगलबार राती अरुण नदीको खसेको थियो ।
प्रहरीका अनुसार जिप धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भीरबाट राती १०ः३० बजे अरुण नदीमा खसेको थियो ।
चालक सन्तोष विक सहित सबै वेपता भएका हुन । बर्षाका कारण उद्धारमा कठिनाई भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारका ३ जना परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी ९ का २ महिने बालक समिर श्रेष्ठ, उनका बुबा संगम श्रेष्ठ, आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन भने प्रमिस थापामगर र खवरमान मगर समेत बेपत्ता छन्।
तस्बिर गुगल



