×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा दरबार पुन:निर्माणले गति लियो

  •  
  • बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • चैतसम्म काम सक्ने ठेकेदारको दावी

    मोहसिन अलि मियाँ

    गोरखा – लामो समय अलमलिएको गोरखा दरबार पुननिर्माणको कामले गति लिएको छ ।

    झण्डै २२ महिना जग मै अड्किएको पुननिर्माणको काममा भदौ महिनादेखि भने केहि प्रगती देखिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त भएपछि पुरातत्व विभागले पुर्ननिर्माणका लागि २०७४ कार्तिकमा पचली सिभाको जेभीलाई ठेक्का दिएको थियो ।

    दरबारको यसै हप्ता मुल ढोका राखिएसंगै पुननिर्माणमा केहि आशा पलाएको छ । ठेक्का सम्झौता सकिन ३ महिना मात्रै बाँकी रहदा ठेकेदार कम्पनीले काममा तदारुकता देखाएका हुन् । ‘हाम्रो कारणले काम ढिलाई भएकै छैन’ ठेकेदार कम्पनीका शुसिलबाबु श्रेष्ठले भने ‘सुरुमै केहि प्राविधक कठिनाईहरु ब्यहोर्नु प¥यो, अब काम अघि बढ्छ, आउने चैतसम्ममा सबै काम सकेर हस्तान्तरण गर्ने हाम्रो योजना छ ।’

    अधिकांश सामाग्री पूरानै प्रयोग गर्ने र पहिलेकै स्वरुपमा पुर्ननिर्माण गर्ने गरी सुरु भएको काममा भूकम्प गएको पनि ५२ महिना बितिसक्दा समेत कुनै प्रगती नदेखिएपछि अधिकांशमा निराशा छाएको थियो ।

    आउदो मंसिर मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि समयसिमामा भने काम नसकिने ठेकेदार श्रेष्ठ स्विकार्छन । ‘हामीलाई विभागले पटक पटक डिजाइन परिवर्तन गरिदिने र अध्ययनमै समय लगाइदिएकाले सुरुमा केहि ढिलो भएकै हो’ उनले भने ‘यहि गतिमा काम गर्न पायौ भने मंसिरसम्म एक तला सक्छौ, त्यसको ४ महिनामा सबै सक्नेगरी काम अघि बढेको छ ।’

    पूरानै ४ तल्लाको स्वरुपमा बन्ने दरबारमा हाल भुइतल्लाकै अन्य ढोका र झ्याल जडानको काम भइरहेको छ ।

    हालसम्म करिब २५ प्रतिशत मात्रै काम सकिएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए । ‘अहिले निक्कै रफ्तारमा काम भइरहेको छ, यहि गतिमा काम भए मंसिर हैन बैशाखसम्ममा काम सकिने हाम्रो अनुमान हो’ भुषालले भने ‘सुरुवाती चरणमा विभागबाट पनि केहि ढिलाई भएकै हो, केहि महिना समय थप हुन सक्छ ।’

    विभाग मार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४ करोड ३२ लाख २९ हजार ३ सय १८ रुपैया दरवार पुर्ननिर्माणका लागि छुट्याएको थियो ।

    नेपाल एकिकरणको सुरुवात भएको उद्गम थलो मानिने गोरखा दरवार शाह वंशिय इतिहासको सबै भन्दा पुरानो दरबारका रुपमा लिइन्छ । गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।

    दरवार भत्किाइएका कारण केहि बर्षयता बिभिन्न तिथीमा हुने पूजाआजा र दशै लगायतमा दर्शनार्थीलाई समस्या हुदै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.