कैलासबावु श्रेष्ठ
गोरखा – गोरखा जिल्लामा पहिलो पटक २ जना भारतीय महिला पाकेटमार प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भारतको मुजफ्फर जिल्ला काटी थाना भएकी ३० बर्षिया उषादेवी पासी र चन्द्रमुखी पासीले गोरखा नगरपालिका १० को तेह्रकिलो बजार बस्ने ७५ बर्षिया पनिमायाँ गुरुङ्गको साथमा रहेको २० हजार रुपैयाँ पाकेटमारी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
गुरुङ्गलाई निजका छोराले विदेशबाट आईएमई गरी पठाएको २० हजार रुपैयाँ झिकेर गोरखा बजारबाट घर तर्फ जादै गर्दा उषादेवी र चन्द्रमुखीले सवारी साधान भित्रै पाकेट मारी गरी भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जानकारी दिएको छ ।
दुवै महिलालाई घटना लगत्तै नियन्त्रणमा लिएर सोमबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाकी प्रहरी निरिक्षक कमला नरालले जानकारी दिईन ।
पक्राउ परेका दुवैबाट हराएको रकम फेला परकोले चोरी सम्बन्धी मुद्वामा अदालतबाट म्याद थप गरीएको कार्यालयले जानकारी दिएको छ । यसै बिच जिल्ला प्रहरी कार्यालय गोरखाले हिन्दु नेपालीहरुको नजिकीदै गरेको दशैं र तिहार जस्तो चाढमा सवारी साधानमा भिडभाड बिच चोरी हुन सक्ने भन्दै सर्तक भएर यात्रा गर्न सर्व साधारणलाई आग्रह गरेको छ ।



