×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मुख्यमन्त्री पत्‍नीका लागि सेतो नम्बर प्लेटको गाडीलाई बनाइयो रातो प्लेट

  •  
  • सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन्तोष अधिकारी

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो नम्बर प्लेटको सरकारी गाडीलाई रातो नम्बर प्लेटको बनाएका छन्।

    मुख्यमन्त्री गुरुङलाई सुरक्षा थ्रेट भएको भन्दै सरकारी गाडीलाई निजी नम्बर प्लेटको बनाइएको हो। रातो नम्बर प्लेट हालिएको सरकारी गाडीगाडी मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनीले प्रयोग गर्दै आएकी छन्।

    यसरी बनाइयो सेतोलाई रातो 

    पहिले नेपाल सरकार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको बा. १ झ १३६३ नम्बरको स्कोरपियो गाडी प्रदेश सरकारले आफ्नोमा नामसारी गर्‍यो। मुख्यमन्त्री कार्यालय मातहत रहने गरी नामसारी गरिएको उक्त गाडीको सरकारी नम्बर ग. १ झ ४०७ कायम छ। तर, २०७५ फागुन २६ गते यातायात ब्यवस्था विभाग गण्डकीबाट तत्कालीन कार्यालय प्रमुख अच्युतराज रेग्मीको स्वीकृतिमा ग. १ झ ४०७ नम्बरको गाडीलाई रातो नम्बर प्लेटको बनाइयो।

    रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग. ३ च १६२ नम्बर कायम भएको छ। यातायात ब्यवस्था विभागको स्रोतले भन्छ,‘हामी भन्दा माथिल्लो निकाय नै प्रदेश सरकार हो। यो कार्यालय नै प्रदेश सरकार मातहतको हो।

    प्रदेशकै मुख्यमन्त्रीका लागि गाडी रातो बनाउन पर्‍यो भनेपछि यहाँबाट रातो कायम गरेर पठाइएको हो।’ यातायात ब्यवस्था विभागले अस्थायी स्वीकृत दिएको जनाएको छ।

    मुख्यमन्त्री कार्यालयबाट मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै आग्रहमा यातायात ब्यवस्था विभागमा रातो बनाउन पत्राचार भएको थियो। राजनीतिक तथा प्रशासनिक हिसाबले मुख्यमन्त्री निकट स्रोतले भन्छ, ‘हाम्रो मुख्यमन्त्रीलाई त्यस्तो थ्रेट देखिँदैन। उहाँको म्याडमलाई पोखरा–लम्जुङ आऊजाऊ गरिराख्‍न समस्या भएपछि त्यसो गरिएको देखिन्छ।

    मुख्यमन्त्रीले त्यो गाडी प्रयोग गरेको पनि थाहा छैन।’ मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनी लम्जुङ क्व्होलासोथार गाउँपालिकाकी उपप्रमुख हुन्।

    गाडी दुरुपयोगको पछिल्लो उदाहरण

    केही दिनअघि बेलायतमा भएको तमुधीको कार्यक्रममा सहभागी हुन पुगेकी कुमारीमुनी बुधबार (भदौ २९) काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं आएपछि यहाँबाट ग. ३ च १६२ नम्बर राखेर निजी बनाइएको गाडी उनलाई लिन बुधबार पोखराबाट गएको थियो।

    कुमारीमुनीलाई लिएर उक्त गाडी बिहीबार पोखरा फर्कँदैछ। मुख्यमन्त्री कार्यालयले भने उक्त गाडी बिग्रेकोले बनाउन काठमाडौँ गएको जानकारी दिएको छ।

    उक्त गाडीले नै उनलाई सधैँ लम्जुङ-पोखरा, पोखरा-लम्जुङ ल्याउने लैजाने गरेको छ। कच्ची सडकमा सहजै जान सक्ने छनोट गरी उक्त गाडीको दुरुपयोग गरिएको हो।

    कुमारीमुनीको गाउँपालिका जान लम्जुङ सदरमुकामदेखि तीन घण्टा कच्ची सडकमा गाडीको यात्रा गर्नुपर्छ। उक्त गाडी मुख्यमन्त्रीले रातो बनाउनु भन्दा अघि प्रदेशका प्रमुख सचिवले प्रयोग गर्दै आएका थिए।

    प्रमुख सचिवको लागि नयाँ गाडी आएपछि उक्त गाडी प्रयोगविहीन भएको थियो। मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्रीले मासिक पाउने २५० लिटर इन्धनबाटै चलाउने गरिएको छ।
    thahakhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.