×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

तिब्बती अधिकारी र गोरखाका जनप्रतिनिधि विच तिब्बतमा १० बुदे सहमती

  •  
  • सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोुरखा समाचारदाता

    गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका र तिब्बती अधिकारी बिच विभिन्न १० बुदे सहमती भएको छ ।

    विशाल चिनको तिब्बत संग सिमा जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका र तिब्बती सरकारी अधिकारीहरु बिच सिमा नाका खुलाउने, दुवै क्षेत्रको सामान निर्यात तथा आयात गर्ने, अन्तराष्ट्रिय सिमा वरपर हिडडुल गर्ने र सिमा स्तम्ब सुरक्षा तथा विविध बिषयमा दुवै देशका प्रतिनिधिहरु बिच छलफल तथा निर्णय भएको नुमनुब्री गाउँपालिका साम्दोका निमा लामाले बताए । उनका अनुसार ‘हामीले राखेको सबै प्रस्तावमा तिब्बती अधिकारीहरु सकारात्मक देखीएको र केही बिषयमा निर्णय समेत भएको’ बताए ।

    तिब्बती अधिकारी र चुमनुब्री गाउँपालिका १ को वडा अध्यक्ष वीरबहादुर लामा, सदस्य मिङमार लामा, २ को वडा सदस्यहरु पासाङ छिरिङ र पासाङ डोल्मा, ४ को वडा सदस्य रिजिन दोर्जे लामा र वडा नं. ५ को अध्यक्ष सोनाम ग्याल्जेन गुरुङ का साथै र सामागाउँ प्रहरी चौकीका हवल्दार लालबहादुर केशी र प्रहरी जवान दीपक घर्ती सहितको टोली तिब्बत गएका थिए ।

    बैठकमा तिब्बती अधिकारीहरु संग अन्तराष्ट्रिय सिमा स्तम्ब नम्बर ३४, ३५ र ३६ को सुरक्षाका बारेमा पनि छलफल भएको साम्दोका लामाले बताए । दुवै तर्फबाट सौहार्द पुणरुपमा छलफल गरी समस्याको समाधान निकाल्ने निर्णय समेत भएको छ । छलफलमा केरुङ्गबाट गोरखाको साम्दो आउने मोटरबाटो को बिषयले समेत प्रार्थमिकता भएको थियो ।

    सरकारी स्तरबाट गरीने निर्णय बाहेक तत्कालै गर्न सकिने बिषयमा भने दुवै पक्षले समझदारी गरेका छन । समझदारी अनुसार अब देखी उत्तरी गोरखाका साविक छेकम्पार, ल्हो, प्रोक र सामागाउँका मानिसहरु बिरामी भएर तिब्बतको केरुङ्ग जादाँ तिब्बती नागरिकलाई सरह उपचार सेवा दिने निर्णय समेत भएको छ । उत्त क्षेत्रका मानिसहरु उपचारको लागि गोरखा सदरमुकाम आउ ५ देखी ७ दिन लाग्छ । सो क्षेत्रका मानिस बिरामी हुदा अहिले पनि हेलिकप्टर मार्फत राजधानी जाने गर्दछन ।

    बैठकमा भएको छलफलले केरुङ्ग उपचार गर्न जादाँ सम्वन्धीत वडाको सिफारीस अनिवार्य लानुपर्ने निर्णय भएको छ ।

    सोही छलफलमा गोरखा जिल्लाको लार्के भन्सार र तिब्बतको केरुङ्ग नाका आवात जावत गर्न र ब्यापारीक प्रयोजन र अन्य कामका लागि सधै खुल्ला गर्ने बिषयले पनि प्रार्थमिकता भएको थियो । सधै नाका खोल्ने बिषयमा भने अर्को बर्ष नेपालको सामागाउँमा हुने बैठकमा निर्णय लिने गरी सहमती गरीएको छ । यो निर्णयबाट साविकको छेकम्पार बाहेकको ल्हो, प्रोक र सामागाउँलाई फाइदा पुग्ने गर्दछ ।

    बैठकले बौध मार्गिहरुको पवित्र धार्मिक तिर्थ स्थल तिब्बतको किमोलुङ्ग जान चाहनेहरुका लागि वडा कार्यालयको सिफारीसमा यात्राको अनुमती दिने निर्णय गरेको छ । बैठकमा तिब्वती अधिकारीहरुले गोरखाको सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था कमजोर भएको प्रति चिन्ता जनाउदै तत्कालै सुरक्षा ब्यवस्था मिलाउन आग्रह गरेको बैठकमा सहभागि लामाले बताए । तिब्बती अधिकारीहरुले बिगतमा गर्दै आएको सहयोग निरन्तर जारी रहने र अन्य थप नयाँ सहयोग के गर्न सकिन्छ त्यस बिषयमा अध्ययन गरेर सहयोगलाई निरन्तर जारी राख्ने प्रतिबद्वता समेत जनाएका थिए ।

    छलफलमा चिन सरकारको तर्फबाट केरुङ्ग जनसरकार उप प्रमुख नान मुज्या, विदेशी मामिला प्रमुख छिवान, सार्वजनिक सुरक्षा ब्यरो अन्तरर्गत देश सुरक्षा संरक्षण अफिसर पन्पा, सिमा सञ्चालन अफिसर थाङ छ्याङ, जिल्ला बन तथा घाँस ब्युरोका हेड फुर्पु छिरीङ, बाणिज्य ब्युरो अधिकारी ल्युमिङहाइको सहभागिता रहेको थियो ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.