×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३२ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रमुख विहिन गोरखा अस्पताल, ४ महिना देखि कर्मचारीले तलब पाएनन्

  •  
  • सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिनअलिमिया

    गोरखा – लामो समय देखि प्रमुख विहिन बनेको गोरखा अस्पतालको ब्यवस्थापन भद्रगोल अवस्थामा छ ।

    गोरखाको एक मात्र जिल्ला अस्पतालमा गत असारको पहिलो हप्ता देखि नै प्रमुख छैन । यस अघिका मेडिकल सुपरिटेण्डेन डा. श्रीराम तिवारी भरतपुर अस्पतालमा सरुवा भएयता गण्डकी प्रदेश सरकारले प्रमुख खटाउन नसक्दा सेवा प्रवाह प्रभावित बन्दै आएको हो ।

    त्यस्तै लामो समयदेखि चिकित्सक सहित कार्यरत कर्मचारीले तलब समेत पाउन सकेका छैनन् । ‘आर्थिक अधिकार हामीसंग हुदैन, अहिले जसोतसो अस्पताल चलाउने मात्रै काम भएको छ’ निमित्त प्रमुख डा.सफलनाथ सुवेदीले भने ‘समितिले राखेका बाहेक झण्डै ६० जना जतिको तलब जेठ देखि नै रोकिएको छ ।’

    अस्पताल विकास समितिले राखेका २६ जना करारका गरी करिब ८० जना कर्मचारी गोरखा अस्पतालमा कार्यरत छन् । उनिहरुले विगत ४ महिना देखि तलब भत्ता लगायतका सुविधा नपाउदा दैनिकी नै अफ्ट्यारोमा परेको गुनासो गरेका छन् । ‘तलब, भत्ता केहि पाउन सकेका छैनौ’ डा. सुवेदीले भने ‘चाडवाड नजिक आइसक्यो, न हामीलाई आर्थिक अधिकार आउछ, न अधिकार वाला कोही पठाउछन्, समस्या भयो ।’

    जिल्ला अस्पताल जस्तो संवेदनशिल स्थलमा राज्य वाटै चरम लापरवाही हुदा त्यसको प्रत्यक्ष असर भने गोरखाली जनतामा परेको छ । दरबन्दी अनुसारका डाक्टर नहुनु, औषधीको अभाव, उपचार गर्न औजार तथा उपकरणको अभाव, सरसफाई, खानेपानीमा चरम समस्या अस्पतालमा छन् ।

    त्यस्तै हाल अस्पताल भवन पुर्न निर्माणको क्रममा रहेकाले उपचार कक्ष समेत प्रयाप्त नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको स्वयम कर्मचारी नै बताउछन् । ‘इमेरजेन्सी मै बिरामी अट्दैनन्, ओपिडिमा उस्तै छ, भर्ना कक्षहरुको हालत उस्तै’ निमित्त प्रमुख सुवेदी भन्छन् ‘जिल्ला भरका बिरामी हेर्ने अस्पतालको हालत यस्तो हुन्छ भने अरु कार्यालयको के होला ?’

    संघियता पश्चात जिल्ला अस्पताल प्रदेश मातहतमा छ । अस्पतालको समस्याबारे प्रदेश सरकार समेत बेखबर भने होइन । समस्याका बारेमा पटक पटक जानकारी गराउदा समेत वास्ता नगरेको गुनासो स्वयम समिति नै बताउछ । ‘हामीले धेरै पटक मन्त्रालयमै गएर भन्यौ, पहलगरयौ’ अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले भने ‘जहिले गएपनि हुन्छ छिट्टै पठाउछौ भन्छन्, तर यतिका महिना भयो, आएका छैनन् ।’

    आर्थिक अधिकार निमित्तमा नहुने भएकाले तलब निकासा नभएको स्विकार्दै उनले अबका केहि दिनमा मेडिकल सुपरिटेण्डेन आउने दावी गरे । ‘पछिल्लो समय मन्त्रालयमा अलि बढी नै प्रेसर गरेका छौ, २/४ दिनमा पठाउछौ ढुक्क हुनुस भनेका छन्, अब केहि दिन आशा गरौ ।’

    प्रमुख खटाउन ढिलाई गर्दा अहिले अस्पतालमा औषधी र अन्य अत्यावस्यक सामग्रीको समेत अभाव हुन थालिसकेको छ । प्रमुखकै कारण यस आर्थिक बर्षमा औषधीको टेण्डर समेत हुन नसक्दा औषधीको स्टोर समेत रित्तिदै गएको कर्मचारी बताउछन् ।

    त्यसो त दरबन्दी अनुसार कर्मचारी नहुदा सधै समस्याको भुमरीमा फस्दै आएको जिल्ला अस्पतालमा दुई बर्षदेखि लेखा अधिकृत समेत छैनन् । कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका लेखा अधिकृतले बेला मौकामा दिने समयबाटै दुई बर्षदेखि अस्पतालको लेखा शाखा चलेको छ ।

    अस्पतालको ब्यवस्थापन भद्रगोल बन्दा यसको फाइदा भने निजी अस्पताल र क्लिनिकलाई भएको छ । सन्तोष जनक सेवा नपाएपछि बिरामी अहिले निजी क्लिनिक तथा अस्पतालमा महंगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् ।

    पूरानो सम्पूर्ण भवन भत्काएर झण्डै ३० करोडको लगानीमा सुविधा सम्पन्न भवन बन्ने क्रममा रहेको जिल्ला अस्पतालमा हाल चिकित्सक बस्ने आवास र घर भाडामा लिएर सेवा दिनुपर्ने बाध्यता छ । त्यस्तै अस्पतालमा रहेका एक्स्रे, भिडियो एक्स्रे समेत गुणस्तरिय नहुदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, भदौ ३०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.