×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५४ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कुलमान घिसिङ: ‘घरधनीले भाडावालसँग मनलाग्दो शुल्क लिएको पाए हस्तक्षेप गर्छौँ’

  •  
  • आइतबार, भदौ २९, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरधनीले भाडावालासँग विद्युत्‌को शुल्क लिँदा व्यापार गरेको पाए आफूले हस्तक्षेप गर्ने बताएका छन्।

    आफूले प्राधिकरणको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले तीन वर्षअघि लोडशेडिङ रहेका बेला घरधनीले जुन दरमा बिजुलीको शुल्क लिएका थिए त्यही आधारमा अहिले पनि लिइराखेको गुनासो आउने गरेको बताएका हुन्।

    “घरधनीले आफूले विद्युत्‌को महसुल जुन दरमा बुझाउने गरेको छ त्यही दरमै डेरामा बस्नेहरूसँग पनि लिनुपर्छ,” उनले भने, “तीन वर्षअघि लोडशेडिङ हुँदा घरधनीले प्रतियुनिट ४० रुपैयाँ लिने गरेको र त्यो अहिलेसम्म पनि कायम रहेको भन्ने गुनासा हामीकहाँ आएका छन्।”

    कुलमान घिसिङले विद्युत् प्राधिकरणको कार्यकारी पद सम्हाल्नुअघि हिउँदमा दैनिक १४ घण्टासम्म लोडशेडिङ हुने गरेको थियो। पछि लोडशेडिङ हुन छाड्यो।

    गुनासो

    लोडशेडिङ हुने गरेको बेला खासगरी व्यापारिक प्रयोजनका लागि भाडामा लिइएका कोठा वा भवनमा घरधनीले मनपरी भाडा लिने गरेको गुनासो सुनिन्थ्यो।

    बिजुली

    “हामीकहाँ त्यति बेलाकै बिजुलीको दर घरधनीले राखेको भन्ने गुनासो प्रशस्तै आइरहेका छन्। यो सरासर गलत हो। त्यस्तो भएको पाइए हामी आफैँ हस्तक्षेप गर्छौँ।”

    बिजुलीको प्रतियुनिट तीनदेखि १३ रुपैयाँसम्म महसुल पर्ने गरेको भन्दै उनले दर हेरेर त्यसअनुसार मात्रै बिजुलीको पैसा घरधनीलाई तिर्न आग्रह गरे।

    पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै आगामी एक वर्षको योजना पनि सुनाए।

    प्रगति विवरण

    तीन वर्षअघि आठ अर्ब करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले यो वर्ष सात अर्ब २० करोड खुद नाफा गरेको विवरण घिसिङले प्रस्तुत गरे।

    त्यसबाहेक आफू आएको आर्थिक वर्षमा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणले यो आर्थिक वर्षसम्म आइपुग्दा त्यसलाई झारेर १५ अर्ब २२ करोडमा ल्याइपुर्‍याएको उनले बताए।

    “अबको वर्षमा साँढे आठ अर्ब रुपैयाँ नाफा गर्ने हाम्रो उद्देश्य रहेको छ र त्यसका लागि हामीले चुहावट दर घटाउनेदेखि अहिले चलनमा रहेका पुराना करिब डेढ लाख मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्नेसम्मका कामहरू अघि बढाएका छौँ,” उनले भने।

    उनले सर्वसाधारण उपभोक्तालाई खाना पकाउन वा अन्य प्रयोजनका लागि बिजुलीको सर्वाधिक प्रयोग गर्न आग्रह गरे।

    अहिलेकै महसुल दरमा बिजुलीबाट खाना पकाउँदा वा विद्युतीय गाडी चलाउँदा महँगो पर्ने उपभोक्ताहरूको भय छ।

    तर त्यसलाई अस्वीकार गर्दै उनले विद्युत् महसुल दर अहिलेकै कायम गरे पनि विद्युत्‌को प्रयोग ग्यास वा गाडीमा प्रयोग हुने इन्धनभन्दा निकै सस्तो पर्ने दाबी गरे।

    “हामीले हिसाब निकालेका छौँ, अहिले नै पनि ग्यासको सट्टा विद्युत्‌को प्रयोग गरेर खाना पकाउने हो भने ३० देखि ४० प्रतिशत सस्तो पर्छ,” उनले भने, “विद्युतीय गाडी रातिको समयमा तपाईँले चार्ज गर्नुभयो भने प्रतिकिलोमिटरका लागि १ रुपैयाँ जस्तो पर्छ जुन भनेको पेट्रोल/इन्धनभन्दा निकै सस्तो हो।”

    पछिल्लो समय घोषित रूपमा लोडशेडिङ नभए पनि बेलाबखत एकदुई घण्टा बिजुली जाने गरेको भन्ने गुनासोबारे सोधिएको प्रश्नमा उनले त्यो लोडशेडिङका कारण नभई क्षेत्रीय स्तरमा देखिने प्राविधिक समस्याले भएको बताए।

    तर औद्योगिक क्षेत्रमा भने २४ घण्टा नै विद्युत् आपूर्ति अझै नभएको बताइन्छ।

    अबका मुख्य योजना

    • विगतमा लोडशेडिङ हटाउनु मुख्य चुनौती रहेकोमा अब प्राधिकरणले प्रसारण तथा वितरण लाइन र सबस्टेशनको सुदृढीकरण र विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने
    • जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूलाई ‘गेम चेन्जर’ आयोजनाको रूपमा अघि बढाउने
    • स्मार्ट मिटर जडान गरी स्वचालित बिलिङ लागु गर्ने
    • २०७९ भित्र सबै नेपालीको घरमा विद्युत्‌को पहुँच पुर्‍याउने
    • १० वर्षभित्र १० हजार मेगावाट खपत गर्न सक्नेगरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने
    • यो आर्थिक वर्षमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने
    • माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेन आदि आयोजनाबाट करिब एक हजार मेगावाट विद्युत् प्रणालीमा थपिने
    • ढल्केबरमा निर्माणाधीन उच्च क्षमताको सबस्टेशनलाई चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याउने

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ २९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.