गोरखा समाचारदाता
गोरखा – लुटेराहरुको एक समूहले रुपन्देहीको धकधईमा गोली प्रहार गरेर ५ लाख रुपैयाँ लुटेर १ जनो हत्या गरेका छन ।
भैरहवाको हिमालयन बैंकबाट रकम झिकेर ओमसतीया गाउँपालिका ५ घरतर्फ जाँदै गरेका महेन्द्र कुर्मीमाथि गोली प्रहार गरेर उनको साथमा रहेको ५ लाख रुपैयाँ लुटेका थिए । गोली लागेका कुर्मीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कुर्मीले लु. ९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर जादै थिए । कुर्मीलाई मोटरसाईकलमा सवार २ जना युवाले पिछा गरेकोे रुपन्देही प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै सबै नाका बन्द गरीएको र ब्यापक रुपमा प्रहरी परिचालन गरीएको छ ।



