गोरखा समाचारदाता
गोरखा – दशैं अघि नै नारायणी नदीमा क्रुज (मिनि पानी जहाज) को परिक्षण हुने भएको छ ।
क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम भई रहेको क्रुज निर्माता राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जानकारी दिएको छ । प्रालिले सोमवार क्रुजको मुख्य इन्जिन नेपाल भित्रने जनाएको छ । १५ दिनभित्र नदीमा क्रुजको परीक्षण र दशैं पछि नियमित सञ्चालनको तयारी प्रालिले गरेको छ ।
क्रुजको दुवै तला नै वातावरण अनुकूलित बनाइको छ । दुवै तलाबाट पर्यटकहरुले उभिएर अवलोकन गर्न छ । क्रुजमा २ सय जनाको लागि सिटको ब्यवस्था गरीएको छ भने ३० जना उभिएर यात्रा गर्न सक्ने छ ।
भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो ।
क्रुज सञ्चालन गर्न करीब १५ करोड अनुमान गरिएको छ । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र सञ्चालन गरिने छ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफाष्ट, अपरान्ह खाना खाँदै रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनरको पनि क्रुजमा नै व्यवस्था हुने छ ।
क्रुजको यात्रा करीब ३ घण्टा लामा हुने छ । काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म को २५ किलो मिटरको दुरी क्रुजले पार गर्ने छ ।



