गोरखा समाचारदाता
गोरखा – पोखराको एक पार्क घुमी रहेका भारतीय पर्यटक लड्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा महा नगरपालिका १ को केआईसिं पुल नजिकै रहेको पार्क घुम्दै गरेको भारत महाराष्ट्र भई मुम्बई बस्ने ७२ बर्षिय प्रभुदास कान्जी मेहर बेहोस भई लड्दा मृत्यु भएको थियो ।
मेहरलाई नजिकैको फिष्टेल अस्पतालमा उपचारको लागि लगिएको थियो । चिकित्सकहरुले उनलाई मृत्त घोषित गरेको थियो ।




















